पावरप्लेमै काठमाडौंका तीन विदेशी खेलाडी फर्किए पभिलियन

काठमाडौं। काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजविरुद्ध खराब सुरुआत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले पावर प्लेमा तीन विकेट गुमाउँदै ३४ रन बनाएको हो। काठमाडौंका तीन जना विदेशी खेलाडी नै पावरप्लेमा पभिलियन फर्किए।
काठमाडौंका लागि पाकिस्तानी बलर सोहिल तन्विर घातक बने। पेसर तान्विरले आफ्नो पहिलो ओभरको पहिलो बलमै स्टेफन स्कान्जीको विकेट लिएका थिए। उनले दुई रनमात्रै बनाउन सके।
यस्तै, व्यक्तिगत दोस्रो ओभरको चौथो बलमा उनले मिचेल लेभिटलाई पनि पभिलिन फर्काए। क्रिजमा टिकेर खेलिरहेका उनले १६ बलमा चार चौका र एक छक्कासहित २५ रन बनाएका थिए। तर, उनलाई तान्विरले दीपक बोहराबाट क्याच आउट गराए।
४.४ ओभरमा चितवनका कप्तान कुशल मल्लले ग्रेहाड इरास्मतलाई पनि चार रनमै बोल्ड गरे। चार बल नै खेलेका उनले एक चौका प्रहार गरेका थिए।










-1776674878523.webp&w=3840&q=75)



