बिहिबार, २१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

जीवनराम रोक्न कांग्रेस, एमाले र माओबादी एक ठाउँ !

आइतबार, १६ मंसिर २०८१खेलपाटी संवाददाता
जीवनराम रोक्न कांग्रेस, एमाले र माओबादी एक ठाउँ !
Loading ad...
mustang rice ad

काठमाडौं । जीवनराम श्रेष्ठलाई नेपाल ओलम्पिक कमिटिको नेतृत्वबाट रोक्न नेपालका शीर्ष तीन दल एक ठाउँमा उभिएका छन् । नेपालको ओलम्पिकलाई ब्यक्तिगत क्लब जसरी सञ्चालन गरिरहेका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठलाई रोक्न कांग्रेस, एमाले र माओवादीका खेलकुदको नेतृत्व एक ठाउँमा उभिएका हुन् ।

विधान संशोधन गरेर वर्तमान अध्यक्ष जीवनराम तेस्रो कार्यकालका लागि ओलम्पिकको नेतृत्वमा आउने दाउमा छन् । विधान संशोधनका लागि श्रेष्ठले आगामी मंगलबार साधारण सभा बैठक बोलाएका छन् । विधान संशोधन गर्न उनलाई दुई तिहाई अर्थात २७ सदस्य संख्याको ओलम्पिकमा १८ मत आवश्यक छ । उनलाई रोक्न शीर्ष तीन दलका खेलकुद नेतृत्व एक ठाउँमा उभिएका छन् । तीन शीर्ष दलका नेताहरु विधान संशोधन रोकेर जीवनरामलाई ओलम्पिकबाट बिदा गर्ने निर्णयमा पुगेका छन् ।

कांग्रेसबाट सुनिल कुमार श्रेष्ठ आफै नेतृत्वका लागि जीवनरामलाई चुनौती दिएर अघि बढेका छन् । विधान संशोधन गर्ने निर्णयमा नोट अफ डिसेन्ट लेखेका उनले अघिल्लो चुनावको टिमलाई विश्वासमा लिएर अघि बढेका छन् । अघिल्लो चुनावमा जीवनरामसँग हारेको अधिकांश सदस्यहरुको साथ सुनिललाई छ । एनओसीको बोर्ड बैठकमै कांग्रेस पृष्ठभुमीका फुटबल संघका उपाध्यक्ष दीर्घबहादुर केसी कुमारले सुनिललाई साथ दिएका थिए । उनले समेत कार्यकालको ब्यवस्था हटाउने संशोधनविरुद्ध नोट अफ डिसेन्ट लेखेका थिए ।

सत्ताको नेतृत्वकर्ता दल एमाले समेत जीवनराम रोक्ने पक्षमा उभिएको छ । अघिल्लो चुनावमा तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिएर दोस्रो कार्यकालका लागि नेतृत्वमा आएका जीवनरामविरुद्ध यसपटक समेत प्रधानमन्त्री रहेका ओलीले टोली परिचालन गरिसकेका छन् । जीवनरामको कित्तामा उभिएका एमाले पृष्ठभुमीका खेलकुदका नेतालाई विधान संशोधनको विपक्षमा उभ्याउन गृहकार्य भैरहेको छ । एमालेबाट खेलकुदमा ओलीको विश्वास पात्र बनेर काम गरिरहेका रमेश पौडेलले आईतबार पत्रकार सम्मेलनकै आयोजना गरेर विधान संशोधन रोक्न ओलम्पिकलाई आग्रह गरेका थिए । 

सत्ता बाहिर रहेको माओवादी समेत नेपाल ओलम्पिक कमिटिबाट जीवनराम हटाउने अभियानमा देखिन्छ । खेलकुदको कार्यकारी निकायमा नेतृत्व गरिरहेको माओवादीका नेता तथा राखेप सदस्य सचिव टंकलाल घिसिङले ओलम्पिकको पछिल्लो घटनाक्रमलाई सुष्म ढंगले विश्लेषण गरिरहेका छन् । खेल संघको नियामक निकायको रुपमा रहेको राखेपको भुमिका र प्रभाव ओलम्पिकको अंक गणितमा हुने भएकाले माओवादीले ‘जीवनराम विहिन ओलम्पिक अभियान’मा आफुलाई अभ्याएको छ । माओवादी खेलकुद विभागका सदस्य समेत रहेका नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले जीवनरामको साथ छोड्दै विधान संशोधनको विपक्षमा उभिने सार्वजनीक घोषणा गरिसकेका छन् ।


कमजोर जगमा जीवनराम

करिब १७ वर्ष ओलम्पिकको कार्यकारी जिम्मेवारीमा रहेका जीवनराम कमजोर धरालतमा ओलम्पिकको नेतृत्वमा आउने दाउमा देखिन्छन् । सर्वसम्मत विधान संशोधन गर्ने प्रयास असफल भएपछि उनले बहुमतका आधारमा विधान संशोधन प्रकृयालाई अघि बढाएका थिए । चुनाव हारेर ओलम्पिकको छहारी खोजेका र चुनाव हार्ने डरले संघको निर्वाचन गर्न नसकेका केही खेलकुद संघका पदाधिकारीको कमजोर ‘टेको’मा जीवनरामले विधान संशोधनको जोखिम मोेलेका छन् । जीवनरामलाई खेलकुदमै केही नगरी ‘इन्जोए’ गरिरहने स्वार्थ समूहको समेत साथ छ । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित