कोहलीले हाने ५३औं एकदिवसीय शतक
बुधबार, १७ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। भारतीय ब्याटर विराट कोहलीले आफ्नो एकदिवसीय करियरको ५३औं शतक पूरा गरेर इतिहास रचेका छन्।
यो अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको ८४औं शतक हो। कोहलीले ९० बलमा शतक प्रहार गरे। आफ्नो शतकीय इनिङ्सको क्रममा कोहलीले आफ्नो करियरमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।
कोहली भारतमा ६५ सय रन पूरा गर्न सफल भएका छन्। उनी भारतमा दोस्रो सर्वाधिक एकदिवसीय रन बनाउने खेलाडी हुन्।
कोहलीले अन्तिम एकदिवसीयमा १३५ रनको इनिङ्स खेलेका थिए। सक्रिय ब्याटरमध्ये कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक प्रहार गर्ने ब्याटर हुन्। कोहली दोस्रो एकदिवसीयमा १०२ रन बनाएपछि आउट भए।








-1764762113994.jpg&w=3840&q=75)


