फाफ चलेनन्, लुम्बिनीलाई सामान्य लक्ष्य
बुधबार, १७ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले १४५ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको हो।
दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसिस भित्र्याएर हाइपमा आए पनि प्लेअफनजिक रहेको विराटनगरले राम्रो ब्याटिङ गर्न सकेन। फाफ १२ रनमै आउट भए। उनले ९ बलमा २ चौका प्रहार गरे।
लोकेश बमले सर्वाधिक ३५ रन बनाए। ४२ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे। बसीर अहमद २८, साम हिजलेट २७ रनमा आउट ए।
अन्यको भने ब्याटिङ चल्न सकेन। लुम्बिनीका शेर मल्लले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चिए।
जेजे स्मिथ, अभिषेक गौतम र रुबेन ट्रम्प्लम्यानको नाममा समान १ विकेट रह्यो।








-1764762113994.jpg&w=3840&q=75)


