दक्षिण अफ्रिकासँग भारत ४ विकेटले पराजित

काठमाडौं। दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा भारत ३५९ रनको लक्ष्यको रक्षा गर्न असफल भयो।
बुधबार रायपुरमा भएको खेलमा पाहुना टोलीले ५० औं ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो। टोलीका लागि एडेन मार्करामले शतक बनाए भने डेवाल्ड ब्रेभिस र म्याथ्यू ब्रेट्ज्कीले पनि अर्धशतक प्रहार गर्दै शृङ्खला १-१ को बराबरीमा ल्याए।
शहीद वीर नारायण सिंह रंगशालामा दक्षिण अफ्रिकाले बलिङ गर्ने निर्णय गर्यो। विराट कोहली र रुतुराज गायकवाडको शतकको मद्दतले भारतले ३५८ रन बनायो। कप्तान केएल राहुलले अर्धशतक प्रहार गरे। दक्षिण अफ्रिकाका लागि मार्को जानसेनले दुई विकेट लिए।
दक्षिण अफ्रिकाले पाँचौं ओभरमा आफ्नो पहिलो विकेट गुमायो। त्यहाँबाट एडेन मार्करामले कप्तान टेम्बा बाभुमासँग शतकीय साझेदारी गरे।
बाभुमा ४४ रनमा आउट भए। त्यसपछि मार्करामले शतक प्रहार गर्दै टोलीलाई २०० को नजिक पुर्याए। मार्कराम आउट भएपछि डेवाल्ड ब्रेभिसले ५४ र म्याथ्यू ब्रेट्ज्कीले ६८ रन बनाएर टोलीलाई ३०० रन पार गराए।
३२२ रन बनाउँदा टोलीले ब्रेभिस, ब्रेट्ज्की र त्यसपछि मार्को जानसनको विकेट गुमायो। यद्यपि, कोर्बिन बोशले अन्ततः नजिकको खेल जित्न आवश्यक ३७ रन पूरा गरे।
भारतका लागि अर्शदीप सिंह र प्रसिद्ध कृष्णले दुई-दुई विकेट लिए। हर्षित राणा र कुलदीप यादवले एक-एक विकेट लिए। शृङ्खलाको तेस्रो एकदिवसीय डिसेम्बर ६ मा विशाखापट्टनममा खेलिनेछ।










-1764762113994.jpg&w=3840&q=75)