एपीएफ र न्यु डायमन्ड विजयी
-1764762113994.jpg&w=3840&q=75)
बिर्तामोड। अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपीएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । बुधबार भएको उद्घाटन खेलमा एपीएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो ।
एपीएफले एभरेस्ट लुम्बिनीलाई ३–० को सोझो सेटमा हराएको हो । एपीएफले ११–२५, १५–२५ र २२–२५ को सेटमा पराजित गरेको हो । खेलको प्लेयर अफ द म्याच एपीएफकी नेबिका चौधरी भइन् ।
त्यस्तै, आज भएको दोस्रो खेलमा न्यु डायमन्डले कोशी प्रदेश भलिबल टिमलाई ३–० को सोझो सेटमा हराएको हो । न्यु डायमन्डले १४–५, ८–२५ र ९–२५ को सेटमा पराजित गरेको हो ।
खेलको प्लेयर अफ द म्याच न्यु डायमन्डकी जेनिसा विश्वकर्मा भइन् । भोलिको पहिलो खेल नेपाल एपीएफ क्बल र त्रिभुवन आर्मी क्बलबीच हुनेछ । त्यस्तै, दोस्रो खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
मंसिर १९ गते पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । सोही दिन दोस्रो खेल कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपीएफ, एभरेस्ट र त्रिभुवन आर्मी छन् । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।
मंसिर २० गते पहिलो सेमिफाइनल खेल बिहान ९ बजे समूह ‘ए’ को विजेता र समूह ‘बि’ को उपविजेताबीच हुनेछ । सोही दिन अन्तिम सेमिफाइनल खेल दिउँसो २:३० बजे समूह ‘बि’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ ।
तियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्।














