बुधबार, मंसिर १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

जनकपुरको रणनीति : ‘झूट’बोल्दै, हाइप बढाउँदै !

बुधबार, १७ मंसिर २०८२खेलपाटी संवाददाता
जनकपुरको रणनीति : ‘झूट’बोल्दै, हाइप बढाउँदै !
Classic Tech Internet Ad

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सबै टिम आफ्नो आफ्नै तयारीमा व्यस्त थिए।

यस्तो प्रतिस्पर्धी वातावरणमा जनकपुर बोल्ट्सले एक यस्तो नाम घोषणा गर्‍यो, जसले एकै दिनमा लिगको चर्चा अर्को स्तरमा पुर्‍यायो।

त्यो नाम थियो दक्षिण अफ्रिकाका स्टार स्पिनर इमरान ताहिर। उनका ५०० भन्दा बढी टी–२० विकेट, आईपीएलमा पर्पल क्याप जितेको सफलता, विश्वका शीर्ष फ्रेन्चाइज लिगमा हासिल गरेको अनुभव यी सबैले जनकपुरका समर्थक उत्साहित नहुने कुरै थिएन।

जनकपुरले अझ विश्वास दिलाउन आफ्नै अफिसियल वेबसाइटमा ताहिरको फोटो राखेर विदेशी कोटामा खेल्ने घोषणा पनि गर्‍यो। समर्थकहरूले उनलाई ‘बिग साइनिङ’ ठाने। योसँगै जनकपुरलाई फेरि उपाधि रक्षा गर्न ताहिर नै ‘एक्स–फ्याक्टर हुने चर्चा चल्न थाल्यो।

तर, समय बित्दै गयो। लिगका खेल सुरु भए र सकिने अवस्थामा पुगे। तर, ताहिर भने कतै देखिएनन्। लगातार चार हार र एक जितपछि प्लेअफको आशाको त्यान्द्रोमा झुन्डिएपछि मात्र टिमले अन्ततः भ्रम र वास्तविकता उजागर गर्‍यो।

सीइओ नीरज खतिवडा भन्छन्,‘ताहिर आउँदैनन्।’ उनका अनुसार अर्को लिगको तालिकासँग एनपीएलको तालिका जुध्नुको कारण नै उनलाई ल्याउन नसकिएको हो। यो परिस्थितिले धेरैको ध्यान खिचेकोछ। केही प्रश्न पनि उठ्न थालेका छन्।

तालिका पक्का नहुँदै टिमले आधिकारिक रूपमा ताहिरको नाम किन घोषणा गर्‍यो? यसलाई दुई तरिकाले बुझ्न सकिन्छ। पहिलो यो रणनीतिक गल्ती हो। खेलाडी ५०–५० अवस्थामै छ भने सार्वजनिक घोषणा गर्नु समर्थक प्रतिको विश्वासमा चोट हो। खेलमा हार–जित स्वाभाविक हो। तर, प्रचारका लागि स्टार खलाडीको नाम प्रयोग गर्नु भने ‘फ्रड’ नै हो।

दोस्रो यो मार्केटिङ रणनीति पनि हुन सक्छ। ताहिरजस्तो विश्वस्तरीय खेलाडीको नाम लिँदा टोलीमा सबैको ध्यान जान्छ। त्यति मात्र होइन, टिकट बिक्री, सोशल मिडियामा चर्चा र टिमको ब्रान्ड भ्यालु पनि बढ्छ।

तर, जनकपुरको नियत भने झुट र हाइपको देखिन्छ। किनभने आधिकारिक जानकारी दिने माध्यम पनि हुन्छ। तर, जनकपुर र सीइओ नीरज उक्त माध्यमभन्दा बाहिर गएर अझै भ्रम फैलाउन नै व्यस्त देखिन्छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विराटनगर भर्सेस लुम्बिनी : क्यारेक्टर टेस्ट म्याच !

विराटनगर भर्सेस लुम्बिनी : क्यारेक्टर टेस्ट म्याच !

पोखराको दोस्रो जित, कर्णालीको लगातार चौथो हार

पोखराको दोस्रो जित, कर्णालीको लगातार चौथो हार

एनपीएल कि स्थानीय मेला?

एनपीएल कि स्थानीय मेला?

Bajaj Pulsar Motorcycle Ad
जनकपुरको रणनीति : ‘झूट’बोल्दै, हाइप बढाउँदै !

जनकपुरको रणनीति : ‘झूट’बोल्दै, हाइप बढाउँदै !

गोलमा हालान्डको ‘सेन्चुरी’

गोलमा हालान्डको ‘सेन्चुरी’

विराटनगर भर्सेस लुम्बिनी : क्यारेक्टर टेस्ट म्याच !

विराटनगर भर्सेस लुम्बिनी : क्यारेक्टर टेस्ट म्याच !

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित

नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित

पोखराको दोस्रो जित, कर्णालीको लगातार चौथो हार

पोखराको दोस्रो जित, कर्णालीको लगातार चौथो हार

एनपीएल कि स्थानीय मेला?

एनपीएल कि स्थानीय मेला?

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै