काठमाडौं। बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन घाइते भएका छन्। शनिबार बोरुसिया डर्टमन्डविरुद्ध खेलिएको 'डेर क्लासिकर'को पहिलो हाफमा चोटका कारण उनी मैदान छाड्न बाध्य भएका हुन्।
इङ्ल्यान्डका कप्तान केन ३३औं मिनेटमा मैदानबाट बाहिरिएका थिए। उनले बायर्नको बेन्चतर्फ संकेत गरेका थिए। मैदानमा बसेर आफ्नो दाहिने खुट्टाको पछाडिको भाग मसाज गरिरहेका देखिन्थ्यो। प्रारम्भिक परीक्षणमा उनको दाहिने ह्यामस्ट्रिङमा चोट लागेको अनुमान गरिएको छ।
बुन्डेसलिगाको यस सिजनमा केनले १२ खेलमा १४ गोल गरेका छन्। सबै प्रतियोगितामा उनको गोल संख्या २० पुगेको छ।