खेल सुरु हुनुअघि नै भरिन थाल्यो त्रिविको प्यारापिट
शनिबार, मंसिर १५, २०८१खेलपाटी संवाददाता
-(1)-1732946694.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल सुरु हुनुभन्दा अगाडि नै प्यारापिट भरिन थालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि उद्घाटन खेलमा जनकपुर बोल्ड्स र विराटनगर किङ्स भिड्दै छ। तर, उक्त खेल सुरु हुनुभन्दा दुई घण्टादेखि नै प्यारापिटमा दर्शकहरू प्रवेश गरिसकेका थिए।
अहिले भिआइपि प्यारापिट, सिद्धार्थ जोन, जोन दुई र तीन भरिने क्रममा रहेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार बेलुका नै अग्रिम टिकट बुकिङ खोलेको थियो। त्यसको २४ घण्टामै टिकट सोल्ड आउट भइसकेको थियो।















