सन्तोषको ४ विकेट, श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य
शुक्रबार, मंसिर १४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले एसिसी यु–१९ एसिया कपअन्तर्गत पहिलो खेलमा २३४ रनको लक्ष्य पाएको छ।
शारजहा क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो।
श्रीलंकाका शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए। ९९ बल खेलेका उनले दुई चौका प्रहार गरे। लकविन अबेसिंघे ५० रनमा आउट हुँदा कविजा षमागे ३७ रनमा अविजित रहे।
नेपालका सन्तोष यादवले सर्वाधिक चार विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४५ रन खर्चिए। युवराज खत्रीले दुई र नरेन साउदको नाममा एक विकेट रह्यो।















