उषा भण्डारी सम्मानित
सोमबार, मंसिर १०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी सोमबार सम्मानित भएकी छन्।
ज्ञान संस्कार इन्टरनेस्नल स्कुलले स्पोर्ट्स डेको अवसरमा उनलाई सम्मान गरेको प्रधानाध्यापक निलम बानियाँ बडुले बताइन्।
‘भलिबल मात्रै हैन नेपाली खेलकुदलाई प्रवद्धन गर्न उषाले ठूलो योगदान गर्नुभएको छ। उहाँको योगदानलाई कदर गर्न पाउँदा स्कुल परिवार खुसी छौं,’ उनले भनिन्।
हाल उषा विभागीय टोली नेपाल पुलिस क्लबबाट व्यवसायिक भलिबल खेलिरहेकी छन्।












-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)
-1761464835584.webp&w=3840&q=75)