अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो

काठमाडौं। एसी मिलानका प्रशिक्षक मासिमिलियानो एलेग्री इटाली राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने चर्चा भइरहेको छ। तर, आफूले अहिले त्यसबारे नसोचेको उनले बताएका छन्।
उनले आफ्नो ध्यान टोलीलाई च्याम्पियन्स लिगमा फर्काउनेतर्फ केन्द्रित रहेको शनिबार बताए।
‘मैले गत वर्ष मिलानसँग एउटा यात्रा सुरु गरेको छु। अहिले हाम्रो ध्यान सिजन राम्रोसँग अन्त्य गर्ने र च्याम्पियन्स लिगमा स्थान बनाउनेतर्फ छ। “मैले त्यसबारे अहिलेसम्म सोचेको छैन। म मिलानमा खुशी छु र लामो समय यहीँ बस्ने आशा राख्छु,’ उनले भने।
इटालीका प्रशिक्षक जेन्नारो गाट्टुसोले शुक्रबार पद त्यागेका थिए। उनको टोली विश्वकप प्लेअफमा बोस्नियासँग पेनाल्टीमा पराजित भएपछि इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको थियो।
चार पटकको विश्व विजेता टोलीका लागि यो ठूलो झट्का बनेको छ। यससँगै फुटबल संघ (एफआईजीसी) का अध्यक्ष ज्यूसेप्पे ग्राभिनाले पनि पद छोडेका छन्।
सोमबार नापोलीविरुद्ध हुने सिरी ‘ए’ खेलअघि आयोजित पत्रकार सम्मेलनमा एलेग्रीसँग इटालीको असफलता र उनको भविष्यबारे धेरै प्रश्न सोधिएका थिए।
‘के गर्नुपर्छ भन्नेबारे निर्णय गर्ने अधिकार सम्बन्धित निकायहरूसँग हुन्छ। तिनीहरूले जरा तहदेखि राष्ट्रिय टोलीसम्म सबै पक्षको समीक्षा गर्नुपर्छ,’ उनले भने।
एलेग्री गत वर्ष पुनः मिलान फर्किएका हुन्। यसअघि उनले क्लबलाई स्कुदेट्टो जिताएका थिए। ५८ वर्षीय एलेग्रीले युभेन्ट्समा पाँच पटक लिग उपाधि जितेका छन्।
‘एक इटालियनको रूपमा विश्वकपमा छनोट हुन नसक्दा म धेरै दुःखी छु। तर, यसलाई हामीले सिक्ने अवसरको रूपमा लिनुपर्छ र आगामी १० वर्षका लागि रणनीतिक दृष्टिकोण बनाउनु आवश्यक छ,’ एलेग्रीले भने।





-1775446739231.webp&w=3840&q=75)
-1775383382132.jpeg&w=3840&q=75)



-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)
