वेस्ट इन्डिजका वाल्टनले कर्णाली याक्सबाट खेल्ने
आइतबार, कार्तिक १८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। कर्णाली याक्सले वेस्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टनलाई अनुबन्ध गरेको छ।
हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले शनिबार जमैकाका ३९ वर्षीय दायाँ हाते शीर्ष क्रमका ब्याटरलाई भित्राएको हो। वाल्टन नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्सका तेस्रो विदेशी खेलाडी हुन्।
यसअघि नै कर्णाली याक्सले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको थियो।
सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध डेब्यु गरेको वाल्टनले १९ टी २०आई खेल खेलेका छन्। जसमा २५ रन बनाएका छन्। त्यस्तै, दुई टेस्ट र ९ एकदिवसीय खेले खेलेका छन्।
प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ।






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)




-1763450218248.jpg&w=3840&q=75)
