प्लेट फाइनल पुग्न युएईलाई ९५ रनको लक्ष्य
आइतबार, १८ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। विवेककुमार यादवको सानदार ब्याटिङसँगै नेपालले हङकङ सिक्स क्रिकेटको प्लेट सेमिफाइनलमा युएईलाई ९५ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ६ ओभरमा तीन विकेट गुमाउँदै ९४ रन बनाएको हो। विवेक अर्धशतक बनाउन एक रनले चुके। १६ बल खेलेका उनले तीन चौका र पाँच छक्कासहित ४९ रन बनाए। उनी अविजित रहे।
लोकेश बम १९ र कप्तान सन्दीप जोरा सात रनमा आउट हुँदा राशिद खानले खाता खोल्न सकेनन्। प्रतिश जिसी भने १४ रनमा अविजित रहे।
युएईका अकिफ राजाले सर्वाधिक दुई विकेट लिए। सञ्चित शर्माको नाममा एक विकेट रह्यो।






-1769086635000.jpeg&w=3840&q=75)



-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)

