काठमाडौं। जोन स्टोन्सले इन्जुरी समयमा गरेको गोलको मद्दतमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा वुल्भ्सलाई पराजित गरेको छ।
आइतबार राति भएको खेलमा सिटीले वुल्भ्सलाई २–१ ले पराजित गरेको हो। जितसँगै सिटीले लिभरपुलसँग दुई अंकको अग्रता बनाएको छ।
जोर्गेन स्ट्रान्ड लार्सनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, वुल्भ्सको सो अग्रता धेरैबेर टिक्न सकेन। सिटीका डिफेन्डर जोस्को ग्वार्डिओलले ३३औं मिनेटमा दायाँ खुट्टाको उत्कृष्ट प्रहारमा गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा स्टोन्सले कर्नरमार्फत गोल गरेपछि सिटीले तीन अंक सुरक्षित गर्यो।