काठमाडौं। पाकिस्तानले साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको दोस्रो खेलमा साबिक विजेता बंगलादेशविरुद्ध सुरुआती अग्रता लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाकिस्तानले १-० को अग्रता लिएको हो। पाकिस्तानका लागि एकमात्रै गोल जालिमा मलिकले गरिन्। उनले खेलको ३१औं मिनेटमा गोल गरेकी हुन्।
समूहचरणको पहिलो खेलमा पाकिस्तान भारतसँग ५-२ ले पराजित भएको थियो। सेमिफाइनल यात्रा जीवितै राख्न पाकिस्तानलाई बंगलादेशविरुद्धको खेलमा जित आवश्यक छ।