नेपालले बहराइनसँग मैत्रीपूर्ण फुटसल खेल्ने
आइतबार, कार्तिक ४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले बहराइनसँग मैत्रीपूर्ण फुटसल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बहराइन फुटबल संघको आयोजनामा प्रतियोगिता कार्तिक १६ गतेदेखि २२ गते सम्म हुन लागेको हो।
एन्फाल गत बिहीबार मात्रै नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त गरेको थियो। त्यस्तै, टोलीको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम म्यानेजरमा राज महर्जन नियुक्त भएका छन्।
 






-1759666509639.jpg&w=3840&q=75)




%20(1)-1761905198112.png&w=3840&q=75)




