कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा
काठमाडौं। राष्ट्रिय खेलाडीसम्मिलित मछिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ ।
खेलको १९औं मिनेटमा मछिन्द्रले अग्रता लियो । डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मछिन्द्रका सनिश श्रेष्ठले गोलमा परिणत गरेका थिए । गोलकिपरको हातबाट फुत्किएको बलले मलेसियाका खेलाडीलाई टच हुँदै गोल भएको थियो ।
मछिन्द्रले दोस्रो गोल ८० औं मिनेटमा लगायो । मछिन्द्रका विदेशी खेलाडी जोनाथन जोरिल्लाले दोस्रो गोल गरे। मलेसियाका डिफेन्डर मार्टिन डामिलोलेको खुट्टाबाट फुत्किएको बललाई जोरिल्लाले चिप गर्दै गोल गरेका हुन् ।
मलेसियाका लागि एक मात्र गोल खेलको ६० औं मिनेटमा जोन जिडेइनाले गरे । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हातबाट फुत्किएको बललाई उनले गोलमा परिणत गरेका थिए ।





-1770898265562.jpg&w=3840&q=75)




-1770894249103.jpeg&w=3840&q=75)

-1770830065585.jpeg&w=3840&q=75)