काठमाडौं। भिनिसियस जुनियर र केलिएन एम्बाप्पेको गोलसँगै रियाल मड्रिडले स्पेनिस ला लिगामा जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २–१ ले पराजित गरेको हो।
जितसँगै रियालले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ। दुवै टोलीको समान २४ अंक छ । तर, गोलअन्तरमा बार्सिलोना शीर्ष स्थानमा छ।
खेलको २०औं मिनेटमा केलिएन एम्बाप्पेले रियललाई सुरुआती अग्रता दिलाएका थिए । ५१औं मिनेटमा लिओट स्वेडबर्गले बराबरी गोल गरे। तर, ६६औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए।