• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपालविरुद्ध भुटान: रश्मिको भर, डेकीको डर प्लेयर्स टु वाच
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक २, २०८१ खेलपाटी संवाददाता
नेपालविरुद्ध भुटान: रश्मिको भर, डेकीको डर

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोली भुटानविरुद्ध शतप्रतिशत जित हात पारेको छ र ती खेलमा गोलको वर्षा पनि गरेको छ। तर, ती सबै इतिहास हुन्। भुटानी फुटबलले छलाङ मारिरहेको अवस्था छ। यस्तोमा नेपाललाई घरेलु भूमिमा शुक्रबार साख जोगाउनुपर्ने चुनौती छ।

फिफाको महिला वरीयतामा नेपाल ९९औं स्थानमा छ भने भुटान १७५औं मा। तर, यो वरीयताले मैदानमा ठूलो असर गर्दैन। भुटानले पहिलोपल्ट साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलेको पनि दशरथ रंगशालामै हो। दुई वर्षअघिको त्यो प्रदर्शन र नतिजामा थप सुधार गर्ने योजनासहित भुटानी टोली साफ महिला च्याम्पियनसिपको सातौं संस्करण खेल्न काठमाडौं आएको छ।

नेपाल साफ महिलाको सर्वकालीन उपविजेता जस्तै हो, जसले ६ मध्ये पाँच संस्करणको फाइनल खेलेको छ। ती सबै उपाधि होडमा असफल भएको थियो। यसपालि फेरि साफको च्याम्पियन बन्ने लक्ष्यमा रहेको नेपाली टोली भुटानविरुद्ध राम्रो सुरुआत गर्दै अघि बढ्न चाहन्छ।

भुटानले गत जुलाईमा थिम्पुमा साफ २०२२ च्याम्पियन बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो। दुवै खेल बंगलादेशले जित्यो। त्यसमा ५–१ र ४–२ ले हारे पनि भुटानले बंगलादेशलाई राम्रै चुनौती दिएको थियो। प्रशिक्षक निकोल डेमिनको आगमनले थप बलियो भएको भुटानले नेपाललाई राम्रै चुनौती दिन सक्छ।

नेपाली टोली सात महिनापछि मैदानमा फर्किँदै छ। गत फेब्रुअरीमा साउदीमा भएको वाफ च्याम्पियनसिपको फाइनल खेलेयता नेपाली टोलीले प्रतिस्पर्धी पाएको थिएन। त्यसैले लामो समयपछि मैदानमा फर्किँदा नेपाली टोलीले संघर्ष गर्नुपर्ने हुनसक्छ। त्यही पनि भुटानविरुद्ध नेपाली टोली हाबी हुनसक्छ।

यी दुईको प्रतिस्पर्धामा खेल परिवर्तन गर्न सक्ने दुई खेलाडी :

रश्मिकुमारी घिसिङ, नेपाल
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले निक्कै विश्वास गरेका स्ट्राइकर हुन् रश्मि। उनले फ्रान्सेली क्लबमा आबद्ध सावित्रा भण्डारीको अनुपस्थितिमा भुटानविरुद्ध नेपालको आक्रमण सम्हाल्ने छिन्।

राष्ट्रिय टोलीका तीन वर्षअघि डेब्यु गरेकी रश्मिले साफ महिला २०२२ मा दुई गोल गरेकी थिइन्। समूहचरणमा श्रीलंकाविरुद्ध गोलको खाता खोलेकी उनले सेमिफाइनलमा भारतविरुद्ध उत्कृष्ट गोल गरेपछि नेपालले ऐतिहासिक जित रचेको थियो। भारतीय महिला लिगको अनुभव लिइसकेकी उनले अन्तर्राष्ट्रिय खेलमा पनि गोल गर्ने लय समात्ने अपेक्षा गरिएको छ।

एन्फा महिला लिगका सर्वाधिक गोलकर्तासमेत रहेकी उनी अहिले परिपक्व पनि भएकी छिन्। उनीसँग सशक्त रूपमा बल प्रहार गर्ने खुबी छ। ड्रिब्लिङ मज्जाले गर्न सक्छिन्। पेनाल्टी क्षेत्रबाहिरबाटै पनि सटिक प्रहार गर्न सिपालु छिन्। त्यसैले २२ वर्षीया रश्मिले फेरि साफमा प्रभावशाली प्रदर्शन गर्न सक्छिन्।

डेकी लाजोम, भुटान
भुटानी फुटबलको लागि दशरथ रंगशाल फाप्ने गरेको छ। उसको महिला टोलीले साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपल्ट सेमिफाइनलमा स्थान बनाएको यही रंगशालामा हो।

भुटानले साफ महिला २०२२ को समूहचरणमा श्रीलंकालाई ५–० ले हराएको थियो। यो नै भुटानी महिला टोलीले हासिल गरेको सबैभन्दा ठूलो जित हो। त्यसमा डेकी लाजोमले दुई गोल गरेकी थिइन्। उनले सिनियर टोलीबाट पाँच गोल गर्ने क्रममा गत जुलाईमा थिम्पुमा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध पनि दुई गोल गरेकी थिइन्।

यी छरिता स्ट्राइकर बिदेशी लिगमा खेल्ने पहिलो भुटानी महिला फुटबलर पनि हुन्। २० वर्षीया उनी साउदी वुमेन्स प्रिमियर लिगमा अल–इत्तिहादबाट खेल्छिन्। त्यसैले डेकीलाई साफ महिला २०२४ मा रोक्न नेपाली डिफेन्सले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
साफ खेलेर फर्कियो यु-१९ टोली
साफ खेलेर फर्कियो यु-१९ टोली
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
साफ खेलेर फर्कियो यु-१९ टोली
साफ खेलेर फर्कियो यु-१९ टोली
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
एसियाली कराते प्रतियोगितामा ११ खेलाडीको चुनौती
एसियाली कराते प्रतियोगितामा ११ खेलाडीको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP