एसियाली कराते प्रतियोगितामा ११ खेलाडीको चुनौती
मंगलबार, ०६ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। उज्वेकिस्तानमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिप भाग लिने नेपाली कराते टोली मंगलबार त्यसतर्फ जाने भएको छ।
११ खेलाडीसहितको टोलीलाई त्यसतर्फ जाने भएको हो।
टोलीमा पुरुष कुमुतेतर्फ साजन मोक्तान (५५ के.जी), मीनबहादुर तामाङ (६० के.जी), सन्तोष श्रेष्ठ (६७ के.जी), मोहम्मद सेखु आलम (८४ के.जी), तेन्जिङ शेर्पा (+८४ के.जी) र सोनिम मानन्धरले कातामा प्रतिस्पर्धा गर्नेछन्।
महिला कुमुतेमा अञ्जली महर्जन (५० के.जी), सबिना श्रेष्ठ (५५ के.जी), निरुपा दोङ तामाङ (६१ के.जी), एरिका गुरुङ (+६८ के.जी) र सानु माया थिङले कातामा प्रतिस्पर्धा गर्नेछन्।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)


