काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कोबी माइनु केही साता मैदानबाहिर रहने भएका छन्।
मांसपेशीमा लागेको चोटका कारण माइनुले ग्रीस र फिनल्यान्डविरुद्धको नेसन्स लिगका खेल गुमाएका थिए। युनाइटेडका डिफेन्डर ह्यारी मागुइरे पनि केही साताका लागि मैदानबाहिर थिए।
चोट र रोगका कारण यसै महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाएका फरवार्ड अलेजान्ड्रो गार्नाचो र अमाद डायलो शनिबार ब्रेन्टफोर्डविरुद्धको खेलअघि प्रशिक्षणमा फर्किएका क्लबले जनाएको छ।
चोटका कारण ल्यूक श, टाइरेल मलासिया, मेसन माउन्ट र लेनी योरो पनि मैदानबाट बाहिरिएका छन्। युनाइटेड सात खेलबाट आठ अंकसहित लिगको १४औं स्थानमा छ।