• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
भुटानविरुद्ध अपराजित यात्रालाई निरन्तरता दिने मौका
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक २, २०८१ खेलपाटी संवाददाता
भुटानविरुद्ध अपराजित यात्रालाई निरन्तरता दिने मौका

काठमाडौं। साफ माहिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको पहिलो खेलमा घरेलु टोली नेपालले शुक्रबार भुटानको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५:३० बजे सुरु हुनेछ।

अघिल्लो संस्करणमा पनि भुटानले आफ्नो पहिलो खेलमा नेपालको सामना गरेको थियो। उक्त खेलमा नेपाली गोल मेसिन सावित्रा भण्डारी र अनिता बस्नेतको सानदार प्रदर्शनमा नेपाल ४–० ले विजयी भएको थियो।

सावित्रा र अनिताले समान दुई गोल गरेकी थिइन्। सावित्रा शुक्रबार भुटानविरुद्ध हुने खेलमा उपस्थित हुने छैनन्। फ्रान्सेली क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी उनी आइतबार मात्रै नेपाल ओर्लिने छिन्। उनको स्थानमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले रश्मिकुमारी घिसिङलाई आक्रमणको जिम्मेवारी दिने सम्भावना छ। 

रश्मि एन्फा महिला लिगको पहिलो चरणको सर्वाधिक गोलकर्तासमेत हुन्। उनले ९ खेलमा १८ गोल गरेकी थिइन्। सावित्राको स्थानमा आफूले मौका पाए उत्कृष्ट प्रदर्शन गर्ने उनले बताएकी छन्।

‘साम्बा दिदीले पहिलो गेम भ्याउनु हुन्न। त्यसमा मलाई चान्स दिनुभयो भने राम्रो प्रदर्शन गर्छु। मैले पहिलाभन्दा अहिले धेरै इम्प्रुभ परेको छु। पहिला नम्बर १० मा खेल्थे अहिले ९ मा खेल्छु। पहिला पासिङमा राम्रो थियो। अहिले स्कोरिङमा राम्रो गरिरहेको छु,’ उनले भनिन्।

अहिलेसम्म भएका चार भेटमा भुटानविरुद्ध नेपाल अपराजित छ। यो यात्रालाई निरन्तरता दिने नेपाललाई मौका छ। साफ माहिला च्याम्पियनसिपमा नेपाल र भुटानको पहिलो भेट सन् २०१४ मा समूह चरणमा भएको थियो। उक्त खेलमा नेपाल ८–० ले विजयी भएको थियो। सोही खेलमार्फत सावित्राले साफमा डेब्यु गरेकी थिइन्। उनले ८८औं मिनेटमा गोल गरेकी थिइन्।

त्यसको दुई वर्षपछि भारतमा भएको चौथो संस्करणको साफमा पनि नेपाल र भुटान समूहचरणमै भिडेका थिए। उक्त खेलमा सावित्रा एक्लैले ६ गोल गरेकी थिइन्। सर्मिला थापा र क्रिस्ना खत्रीले दुई गोल थपेपछि नेपालले ८–० को फराकिलो जित हात पारेको थियो। उक्त प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेकी सावित्राले १२ गोल गरेकी थिइन्। तर, नेपाल सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो।

त्यसयता नेपालले दुई संस्करणको साफ आयोजना गरेको थियो। घरेलु दर्शकको बलियो साथ पाएपनि भुटानविरुद्ध नेपालले पहिला झैं बलियो प्रदर्शन गर्न सकेको छैन। सन् २०१९ मा विराटनगरको शहिद रंगशालामा भएको साफमा नेपाल र भुटान तेस्रोपल्ट आमुन्नेसामुन्ने भएका थिए। उक्त खेलमा नेपालले ३–० को जित हासिल गरेको थियो। दशरथ रंगशालामा भएको गत संस्करणमा पनि नेपालले भुटानलाई ४–० ले हराएको थियो। 

अहिलेसम्म यो टोलीसँग भिड्दा नेपालले २३ गोल गरेको छ। तर, एक गोल पनि बेहोर्न परेको छैन। यस्तोमा भुटान नेपालका लागि सहज प्रतिद्धन्द्धी हुन सक्छ। तर, घरेलु टोली नेपालले पनि राम्रो तयारी गर्न पाएको छैन। कप्तान अञ्जिला तुम्बापो सुब्बालाई लागेको छ, कृतिम मैदानमा अभ्यास गरेर घाँसे मैदानमा खेल्दा केही समस्या पक्कै आउने छ। 

अझ नेपालले दशरथ रंगशालामा अभ्यास गरेको भनेको एकदिन मात्रै हो। त्यसैले मुख्य प्रशिक्षक राजेन्द्र तामाङ पनि भुटानलाई कमजोरी टोली भने आँक्दैनन्। भन्छन्,‘भुटानले राम्रो गरिरहेको छ। समूहमा भुटान राम्रो हो। विगत र अहिलेको भुटानमा धेरै फरक छ।’

भुटानले ग्रास्ट रुटदेखि नै महिला फुटबललाई विशेष प्रथामिकतामा राखेको छ। उसले राष्ट्रिय टोलीको बेन्च स्ट्रोङ बनाउन यु–१४ देखि नै लिग गरिरहेको छ। त्यसैले भुटान यसपल्ट युवा टोली लिएर काठमाडौं आइपुगेको छ।

तर, नेपाली टोलीमा भने उहीँ पुराना खेलाडी छन्। थपिएको भनेको एकमात्रै नयाँ खेलाडी हुन सजनी थोकर। पहिलो चरणमा १८ नयाँ खेलाडी बोलाएपनि समय कम हुँदा पुरानैलाई प्राथमिकता दिन परेको तामाङ बताउँछन्। 

त्यसैले नेपाली र भुटानी खेलाडी खेलाउँदा केही फरक हुने उनले महसुस गरेका छन्। ‘हामीले दुई हप्ताको अभ्यास समय पायौं। राष्ट्रिय महिला लिग भइरहेका कारण अभ्यास कम भयो। समय धेरै भएको भए अझै काम गर्न सकिन्थ्यो। नयाँ खेलाडीलाई पनि जाँच्ने अवसर थियो। तर, पाएनौं,’ उनी भन्छन्। 

तर, उपाधिमा केन्द्रित रहेर काम गरेको उनको भनाइ छ। नेपाल रहेको समूहमा भुटानसँगै माल्दिभ्स र श्रीलंका पनि छन्। यी टोलीको चुनौती पार गर्न उनी सावित्रा भण्डारी र रेखा पौडेलमा अत्याधिक निर्भर छन्। सावित्राले साफमा नेपालका लागि १९ गोल गरिसकेकी छन्।

दुवै स्ट्राइकर व्यावसायिक लिगमा व्यस्त भएका कारण प्रशिक्षणमा जोड्न नसकेको प्रशिक्षक तामाङ बताउँछन्। त्यसैले भुटानविरुद्ध भिन्न रणनीति अनुसारको खेल हुने उनको भनाइ छ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
साफ खेलेर फर्कियो यु-१९ टोली
साफ खेलेर फर्कियो यु-१९ टोली
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
साफ खेलेर फर्कियो यु-१९ टोली
साफ खेलेर फर्कियो यु-१९ टोली
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
एसियाली कराते प्रतियोगितामा ११ खेलाडीको चुनौती
एसियाली कराते प्रतियोगितामा ११ खेलाडीको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP