• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
भारतविरुद्ध पाकिस्तान : दुई कप्तानको प्रतिष्ठाको लडाइँ
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक १, २०८१ खेलपाटी संवाददाता
भारतविरुद्ध पाकिस्तान : दुई कप्तानको प्रतिष्ठाको लडाइँ

काठमाडौं। साफ महिला च्याम्पियनसिप २०२४ बिहीबार दशरथ रंगशालामा सुरु हुँदैछ, जसको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै छन्।

कीर्तिमान पाँचपल्टको च्याम्पियन भारत दक्षिण एसियाली फुटबलमा सधैँ बलियो मानिन्छ। महिला फुटबलमा पाकिस्तान खासै बलियो छैन। तर, भारतविरुद्ध पाकिस्तानको खेलले सधैँ ध्यान खिच्ने गरेको छ। भारत यो साफमा फिफा वरीयतामा सबभन्दा माथिको टिम हो भने पाकिस्तानले एकपल्ट सेमिफाइनल (साफ २०१०) खेलेको छ।

भारतविरुद्ध पाकिस्तानको प्रतिस्पर्धामा खेल परिवर्तन गर्नसक्ने दुई खेलाडी :

लोइतोङबम असलतादेवी, भारत
भारतीय टिमकी भरपर्दा डिफेन्डर हुन् असलतादेवी। ३१ वर्षीया उनले पाकिस्तानविरुद्ध मैदानमा उत्रिँदै बिहीबार १ सयौं खेलको कोसेढुंगा पूरा गर्दै छिन्।

तर, उनी व्यक्तिगत उपलब्धिभन्दा टिमको सफलता चाहन्छिन्। किनभने उनीसँग क्षेत्रीय प्रतियोगितामा बेहोरेको पहिलो हार (साफ २०२२) को तीतो अनुभव छ। उनले पाँचपल्ट साफ च्याम्पियनसिप खेलेकी छिन्, जसमा भारत चारपल्ट च्याम्पियन भएको थियो।

उनी रश्मिकुमारी घिसिङको उत्कृष्ट गोलमा दुई वर्षअघि सेमिफाइनलमा नेपालविरुद्ध १–० ले हारेको टिमकी कप्तान पनि हुन्। त्यसैले उनी यसपालि फेरिएको टिमसँगै काठमाडौंमा उपाधि जित्ने लक्ष्यमा छिन्।

असलतादेवीलाई पन्छाउँदै गोलपोष्टतर्फ अगाडि बढ्न दक्षिण एसियाली क्षेत्रका स्ट्राइकरलाई गाह्रै पर्ने गर्छ। उनी खेल मात्रै होइन, टिमलाई कठिन अवस्थामा सम्हाल्न पनि सिपालु छिन्।

त्यसैले सन् २०१८ यता निरन्तर भारतको कप्तानी गरिरहेकी छन्। उनी यसैपालि इन्डियन वुमेन्स लिग क्लब इस्ट बेंगालमा आबद्ध भएकी छिन्। एएफसी वुमेन्स प्लेयर अफ द इयर २०१९ कपो मनोनयनमा परेकाले पनि उनी कति राम्रो खेलाडी हुन् भन्ने प्रस्ट हुन्छ।

मारिया खान, पाकिस्तान
अमेरिकामा जन्मिएकी पाकिस्तानी फुटबलर हुन् मारिया खान। उनले दुई वर्षअघि काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिप २०२२ यता पाकिस्तानी टिमको कप्तानी गरिरहेकी छन्।

उनी गत वर्ष साउदी अरेबियाको पहिलो महिला फुटबल क्लब इस्टर्न फ्लेम एफसीमा अनुबन्धित भएकी थिइन्। मिडफिल्डमा प्रभाव देखाउँदै आएकी ३३ वर्षीया उनले युएईमा पनि खेलेकी छन्। उनकै उत्कृष्ट प्रदर्शनमा पाकिस्तान गत वर्ष साउदीमा भएको चार देशीय प्रतियोगितामा उपविजेता भएको थियो।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेकी मारियाले फ्रिकिकमा सनसनीपूर्ण गोल गरेपछि साउदीलाई १–१ को बराबरीमा रोकेको थियो।

साफ २०२२ मा भारतविरुद्ध ३–० र बंगलादेशविरुद्ध ६–० ले हारेपछि पाकिस्तानले माल्दिभ्सविरुद्ध इतिहासकै सबभन्दा फराकिलो ७–० को जित हात पारेको थियो।

यसपालि पाकिस्तान पाँचपल्टको विजेता भारत र डिफेन्डिङ च्याम्पियन बंगलादेशको रहेको कठिन समूहमा परेको छ। मारियाकै नेतृत्वमा दशरथ रंगशालामा दुई वर्षपछि फर्कँदा पाकिस्तानले बिहीबार भारतविरुद्ध सुधारिएको खेल पस्किने आशा गरिएको छ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
साफ खेलेर फर्कियो यु-१९ टोली
साफ खेलेर फर्कियो यु-१९ टोली
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हाउण्ड्स र टाइम्स विजयी
हाउण्ड्स र टाइम्स विजयी
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
साफ खेलेर फर्कियो यु-१९ टोली
साफ खेलेर फर्कियो यु-१९ टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP