शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

हाउण्ड्स र टाइम्स विजयी

मंगलबार, ०६ जेठ २०८२खेलपाटी संवाददाता
हाउण्ड्स र टाइम्स विजयी
Classic Tech Internet Ad

काठमाडौं। हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा मंगलबार शीर्ष स्थानको हाउण्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले जित हात पारेका छन्। 

कीर्तिपुर कभर्डहलमा भएको पहिलो खेलमा हाउण्ड्सले विजय बुर्जाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली कीर्तिपुर क्लबलाई ८०-६९ ले पराजित गरेको हो। 

सुरुवातदेखि लिएको अग्रता नै हाउण्ड्सको जितमा निर्णायक बन्यो। हाउण्ड्सले पहिलो क्वाटरमा २५-२३ को अग्रता लिएको थियो भने दोस्रो क्वाटर २१-९ र तेस्रो क्वाटर २०-११ ले आफ्नो पक्षमा पारेको थियो।

चौथो क्वाटरअघि हाउण्ड्सले ६८-४३ को फराकिलो अग्रता बनाएको थियो। चौथो तथा अन्तिम क्वाटर कीर्तिपुरले २५-१४ ले आफ्नो पक्षमा पारेपनि हाउण्ड्सले जित हात पारेको हो।  

हाउण्ड्सको जित विजय बुर्जा एक्लैले सर्वाधिक ३४ अंक स्कोर गरे। बुर्जा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। कीर्तिपुरका निश्चल महर्जनले २३ अंक स्कोर गरे। 
हाउण्ड्स चौथो जितपछि ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमै छ। तेस्रो हार बेहोरेको कीर्तिपुरले ५ खेलबाट ७ अंक जोडेको छ। 

यस्तै दोस्रो खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ८४-६९ ले हराउँदै तेस्रो जित हासिल गरेको छ। 

पहिलो क्वाटरमा सामुखशीले १८-१३ को अग्रता लिएपनि त्यसपछि टाइम्सले खेलमा पुनरागमन गरेको थियो। टाइम्सले दोस्रो क्वाटरमा २७-२१ र तेस्रो क्वाटरमा २७-१२ को अग्रता बनाउदै अन्तिम क्वाटरअघि ६७-५१ को अग्रता बनाएको थियो। चौथो तथा अन्तिम क्वाटर सामाखुशीले १८-१७ ले आफ्नो पक्षमा पारेपनि टाइम्सलाई जितबाट रोक्न सकेन। 

टाइम्सका मनिष केसीले २० अंक स्कोर गरे। उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। यस्तै सामाखुशीका

विक्रम डंगोलले पनि २० अंक स्कोर गरेका थिए। 
तेस्रो जित हात पारेको टाइम्स ८ अंकसहित दोस्रो स्थानमा उक्लेको छ। सामाखुशीको यो लगातार पाँचौ हार हो। सामाखुशीले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन। 

पराजित भएपनि १ अंक प्राप्त हुने हुँदा सामाखुशी ५ अंकसहित अंकतालिकामा पुछारमा छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

Bajaj Pulsar Motorcycle Ad
नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी