लिग चरणबाटै बाहिरियो चितवन
शुक्रबार, १८ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। चितवन शक्ति एभरेस्ट महिला भलिबल लिगबाट बाहिरिएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शुक्रबार भएको खेलमा ललितपुर क्विनसँग ३–१ को सेटमा पराजित हुँदै चितवन लिग चरणबाटै बाहिरिएको हो।
ललितपुरले पाँच खेलबाट १० अंक बटुल्दै शीर्ष दुईमा स्थान कब्जा गर्दा चितवनले भने सात अंक मात्रै हात पार्यो। यद्यपि, ललितपुरको फाइनलमा स्थान भने पक्का भइसकेको छैन। आजै हुने कर्णाली यसभिएस र काठमाडौं स्पाइकर्सबीचको खेलको नतिजाले ललितपुरको आगामी यात्रा तय गर्नेछ।
कर्णालीको चार खेलबाट १० अंक रहँदा काठमाडौंको ९ अंक छ। कर्णाली, काठमाडौं र ललितपुरमध्ये शीर्ष दुईमा रहने टोली फाइनल पुग्नेछ।






-1773230362276.jpg&w=3840&q=75)



-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)


-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)