काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)को दशौ वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ । साधारण सभामा केन्द्रीय संघ, प्रदेश संघ, कामिसन तथा क्लव समेतका गरि ४४ जनाको सहभागीता रहेको थियो ।
साधारणसभामा गत बर्षको प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, अगामी कार्य योजना तथा समसामायिक प्रस्ताव गरी चार वटा प्रतिवेदन छलफल सहित पारित भएको छ ।
साधारण सभाले आगामी वर्षको लागि अडिटर नियुक्ति, कार्यसमिति तथा कमिसनमा केहि जिम्मेवारी हेरफेर, विशेष कार्यक्रमको घोषणा गरेको छ ।
अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न साधारण सभामा संघमा सल्लाहकार ठाकुर प्रशाद न्यौपाने, उपाध्यक्षहरु अनिलकुमार बराल तथा सम्झना साह पोखरेल, कार्यकारी निर्देशक गोविन्द भट्टराई, सचिव महेश अधिकारी, कोषाध्यक्ष धान्यमणी नेपाल, इन्जिनियर गणशेखर श्रेष्ठले विभिन्न प्रस्ताव तथा प्रस्तुति दिएका थिए ।
संघमा आवद्ध प्रदेश संघ, क्लव तथा एसोसिएट मध्येबाट गत आर्थिक वर्षमा सर्वाधिक सकृय वागमती अटोमोवाइल एसोसिएसन प्रदेश संघ वागमतीलाई एक्टिभ अवार्ड प्रदान गरिएको छ ।
साधारण सभामा १८ जना महानुभावलाई विशिष्ट योगदान दिएवापत प्रशंसापत्र प्रदान गर्ने निर्णय भएको छ । जसमा हिमालयन मोटरल्याण्डको स्थानान्तरण, गौरिटारको प्रस्तावित रेसिङ्ग सर्किट र ई– स्पोर्टस तथा पावरवोटिङ, अक्वाबाईक (एटिभी)मा जोड दिने जस्ता निर्णय भएको छ ।
सभाले १८ वुँदे क्यालेण्डर, १० वुँदे सार्वजानिक प्रतिवद्धता जारी गर्दै वार्षिक इभेन्टका लागि प्रदेश संघ, क्लव र कमिसनलाई सम्पूर्ण जिम्मेवारी समेत दिएको छ ।