२० महिनापछि पन्तले गरे टेस्ट टोलीमा पुनरागमन
सोमबार, भदौ २४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। विकेटकिपर ऋषभ पन्तले करिब २० महिनापछि भारतीय टेस्ट टोलीमा पुनरागमन गरेका छन्। अन्तिम पटक डिसेम्बर २०२२ मा भारतका लागि उनले टेस्ट खेलेका थिए।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट सिरिजका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अहिले पहिलो टेस्टका लागि मात्र टोली छनोट गरिएको छ । यो टोलीमा पन्त पनि परेका हुन्।
हालै दुलीप ट्रफीको रातो बलको ढाँचामा पन्तले पुनरागमन गरेका थिए। सन् २०२२ को डिसेम्बर २२ देखि २५ सम्म बंगलादेशविरुद्ध मिरपुरमा खेलेको केही दिनपछि डिसेम्बर ३० मा सडक दुर्घटनामा गम्भीर घाइते भएका पन्त यस वर्षको आईपीएलमा मात्रै शीर्ष स्तरको क्रिकेटमा फर्किएका थिए। २६ वर्षीय पन्तले टी-२० विश्वकपमा भारतीय टोलीमा पुनरागमन गरेका थिए।











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

