बागमतीसँग पुलिसको संघर्षपूर्ण जित

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा बागमती युथ क्लबसँग संघर्षपूर्ण जित हासिल गरेक छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दोस्रो खेलमा पुलिसले बागमतीलाई १-० ले पराजित गरेको हो। जारी लिगमा पुलिसको दोस्रो जित हो। यसअघि पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९ गोल वर्षाएको थियो।
जितसँगै दोस्रो स्थानमा रहेको पुलिसले सात अंक पुर्याएको छ, जुन शीर्ष स्थानको कोशीको भन्दा दुई अंक कम हो। बागमतीको भने यो दोस्रो हार हो। पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेको बागमती दोस्रो खेलमा कोशीसँग २-१ ले पराजित भएको थियो।
१७औं मिनेटमा पुलिसकी कप्तान निरु थापाले बागमतीका गोलरक्षक सुजता तामाङलाई बिट गर्दै बललाई जालीको दिशा दिइसकेकी थिइन्। तर, गोल लाइननजिक पुगेको बललाई बागमतीकी अनिशा विकले हातले तान्दै बचाइन्।
रेफ्रीले उनलाई पहेंलो कार्ड र पुलिलाई पेनाल्टी दिएका थिए। तर, निरुको प्रहार बारमा लाग्न पुग्यो। तर, निर्मला उपाध्ययले ६५औं मिनेटमा गोल गर्दै पुलिसलाई तीन अंक दिलाइन्।







-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)



