बिमला चम्किँदा आर्मी फाइनलमा
बुधबार, ०६ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। बिमला चौधरीको निर्णायक गोलसँगै त्रिभुवन आर्मी क्लब एन्फा महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
उदयपुरमा बुधबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आर्मी उपाधिनजिक पुगेको हो।
खेलको आठौं मिनेटमै बिमलाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। सुरुआती समयमै अग्रता लिएपछि आर्मीले खेलमा पकड जमाउँदै पुलिसको आक्रमणलाई प्रभावकारी रूपमा रोक्यो। पुलिसले बराबरी गोल फर्काउने प्रयास गरे पनि आर्मीको रक्षापंक्तिका कारण सफल हुन सकेन।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। पहिलो हाफमै भएको गोल नै खेलको नतिजा तय गर्न पर्याप्त बन्यो।






-1771411348886.jpeg&w=3840&q=75)





