आयोजक सहारा १२ वर्षपछि फाइनलमा

काठमाडौं। आयोजक सहारा क्लबले १२ वर्षपछि आहा ! रारा गोल्ड कपको फाइनलमा स्थान सुरक्षित गरेको छ।
कास्कीस्थित पोखरा रंगशालामा बुधबार सम्पन्न सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ट्राइबेकरमा ७–६ ले पराजित गर्दै साहरा उपाधिनजिक पुगेको हो।
दुवै टोलीबीचको प्रतिस्पर्धा निकै कडा रह्यो। निर्धारित समयमा दुवै पक्षले गोलका अवसर सिर्जना गरे पनि नतिजा निकाल्न सकेनन्। त्यसपछि खेलको निर्णय पेनाल्टीमार्फत भयो। सुटआउटमा सहाराका खेलाडीहरूले संयमता प्रदर्शन गर्दै निर्णायक अग्रता लिए।
सहाराका सबै प्रहार सफल रहे। शुसिल लामा,बिक्की चाम्लिङ राई, आशिष गुरुङ, मुकुन्दकुमार नुइरे, शिशिर थापा, विनय तामाङ र प्रशन्न श्रेष्ठले गोल गरे। मनाङका आशिष श्रेष्ठ, गिडियन नोआ क्येरेमेह, रोनिश ढोके राजभक, दिपेश गुरुङ, ज्ञानबहादुर पुलामी र नवराज गुरुङले गोल गरे।
कप्तान सविन खड्काले भने गोल गर्न सकेनन्।






-1771411348886.jpeg&w=3840&q=75)





