स्वदेश फिर्ता भइन् ऐतिहासिक कांस्य विजेता पलेशा
बुधबार, १९ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य जितेकी नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्घन स्वदेश फिर्ता भएकी छन्।
पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार अबेर राती सम्पन्न के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले
सर्बियाकी मरिजा मिसेभलाई पराजित गरेकी थिइन्।
कांस्य जित्न उनले मिसेभलाई १५–८ ले पाखा लगाइन्। रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन्। उनी बुधबार बिहान स्वदेश फिर्ता भएका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो। अब उनलाई नगर परिक्रमा गराएर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् पुर्याइने कार्यक्रम रहेको छ।









-1764236044054.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)