असफल युभेन्ट्स
बिहिबार, १४ फाल्गुण २०८२खेलपाटी संवाददाता
-1772071766108.webp&w=3840&q=75)
काठमाडौं। युभेन्ट्सले च्याम्पियन्स लिग इतिहासकै उत्कृष्ट पुनरागमन गर्ने संकेत दिएको थियो।
पहिलो लेगमा यो टोली ५–२ ले पछि परेको थियो। तर, पहिलो हाफ सकिनुअघि मानुएल लोकातेल्लीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए।
त्यसपछि डिफेन्डर लोइड केली रातो कार्ड पाएर मैदानबाट बाहिरिए पनि युभेन्ट्सले संघर्ष जारी राख्यो। फेडेरिको गात्ती र वेस्टन म्याककेनीले थप गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए।
नियमित समयमा केनान यिल्दिजको प्रहार पोस्टमा लाग्दा गालातासाराय थप दबाबमा परेको थियो। तर, अतिरिक्त ३० मिनेटमा एक खेलाडीको संख्यात्मक फाइदा उठाउँदै गालातासारायले पुनरागमन गर्यो।
भिक्टर ओसिम्हेन र बारिस यिल्माजले गोल गरेपछि खेलको अवस्था पल्टियो। अन्ततः युभेन्ट्सले उक्त खेल ३–२ ले जिते पनि समग्रमा ७–५ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।





-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)





