उपाधिमा शतक पूरा गर्ने लक्ष्यमा जोकोभिच

काठमाडौं। नोभाक जोकोभिचले सोमबारदेखि सुरु हुने युएस ओपन टेनिस प्रतियोगितामा कीर्तिमानी २५औं ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्य राखेका छन्।
जोकोभिचले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष एकलमा स्वर्ण पदक जितेका थिए। उनले २४ ग्रान्डस्लामसहित कुल ९९ उपाधि जितेका छन्। त्यसैले उपाधिमा शतक पूरा गर्ने प्रयासमा हुनेछन् ।
यसबाहेक जोकोभिचले सबैभन्दा धेरै हप्तासम्म विश्वकै नम्बर एक खेलाडी बन्ने कीर्तिमान पनि राखेका छन् । ‘मलाई सोध्छन्, तपाईंले स्वर्ण पनि पदक जित्नुभएको छ अब के हासिल गर्न बाँकी छ? तर, मसँग अझै पनि प्रतिस्पर्धा गर्ने भावना बाँकी छ। म थप इतिहास रच्न चाहन्छु र मेरो क्यारियरको यो चरणलाई पूर्ण रूपमा आनन्द लिन चाहन्छु,’ उनले भने।
३७ वर्षीय सर्बियाली स्टारले युएस ओपनको पहिलो चरणमा मोल्दोभाका १३८औं वरीयताका राडु अल्बोटको सामना गर्नेछन्। रोजर फेडेररले युएस ओपन जितेपछि कुनै पनि खेलाडीले लगातार प्रतियोगिता जित्न सकेका छैनन् र अब जोकोभिचसँग यो अवसर छ ।
फेडेररले सन् २००४ देखि २००८ सम्म लगातार पाँच पटक उपाधि जितेका थिए । जोकोभिच यसपटक दोस्रो वरीयतामा छन् । जोकोभिचले स्पेनका २१ वर्षीय कार्लोस अल्काराजसँग कडा चुनौतीको सामना गर्नुपर्ने अपेक्षा गरिएको छ। तर, उनी युएस ओपनमा आफ्नो पाँचौं उपाधि जित्ने लक्ष्यमा छन्।






1686853912-1760864621059.avif&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)