काजकिस्तानकी कालिनोभाले मधेसबाट खेल्ने
मंगलबार, ०४ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियाले पहिलो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) मधेसबाट खेल्ने भएकी छन्।
इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक आयोजना महिला भलिबलको फ्रेन्चाइज लिग एभरेस्ट वुमन्स भलिबल लिग हुँदैछ। उनी स्पाइकर पोजिसनमा खेल्नेछिन् । 'उनलाई मधेस युनाइटेडमा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुसी छौं,' टिमले भनेको छ।
३५ वर्षीय कालिनोभासँग काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ । उनको उचाइ १८० सेन्टिमिटर छ ।
कालिनोभाले मधेस युनाइटेडसँग अनुबन्ध भएकोमा खुसी व्यक्त उत्साहित रहेको बताइन्।













-1764668485959.png&w=3840&q=75)

-1764662383271.webp&w=3840&q=75)