पेरिस ओलम्पिक : म्याराथन दौडिदै सन्तोषी

काठमाडौं। पेरिस ओलम्पिक २०२४ को अन्तिम दिन नेपालबाट सहभागी अन्तिम खेलाडी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन्। ३० वर्षीय सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत पेरिस ओलम्पिकको म्याराथनमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्। नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले सन्तोषीको सहभागिताका लागि नाम सिफारिस गरेको थियो।
घरेलु भूमिमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) उनले १० हजार मिटर दौड ३५ मिनेट ०७.९४ सेकेन्डमा पूरा गर्दै नेपाललाई स्वर्ण दिलाएकी थिइन्। सागको इतिहासमा नेपाललाई एथलेटिक्सतर्फ स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन्।
गत १९औं एसियाली खेलकुदमा पनि उनले सहभागिता जनाएकी थिइन्। यो पहिलो ओलम्पिक भएको कारण आफ्नो लक्ष्य भनेको म्याराथन पूरा गर्ने रहेको उनले सुनाइन्। ‘मेरो लक्ष्य भनेको रेस पूरा गर्ने हो। त्यसपछि टाइम सुधार गर्ने रहेको छ। मैले गर्नसक्ने सबै गर्छु भन्ने रहेको छ। म देशलाई गौरवान्वित बनाउने प्रयास गर्नेछु, ’ उनले भनिनन्।
बंगलादेशमा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२४ मा उनले स्वर्ण जितेकी थिइन्। निर्धारित दूरी दुई घन्टा ४६ मिनेट २२ सेकेन्डमा पार गरेकी थिइन्। यो नै उनले दौडिएको पहिलो र एक मात्रै म्याराथन हो। त्यस क्रममा उनले नेपालकै पुष्पा भण्डारीको नाममा रहेको दुई घन्टा ४८ मिनेट ०२ सेकेन्डको कीर्तिमान भंग गरेकी थिइन्।









-1761410041277.webp&w=3840&q=75)






