दोस्रो सेटमा भारतको पुनरागमन

काठमाडौं। भारतले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा घरेलु टोली नेपालविरुद्ध दोस्रो सेटमा पुनरागमन गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको खेलको पहिलो सेट नेपालले २५-२३ ले जितेको थियो। नेपालले सुरुमा ३-० को अग्रता लिएको थियो। तर, लगातार चार अंक जोड्दै भारत खेलमा फर्कियो।
त्यसपछि नेपाल लगातार भरतसँग पछि पर्यो। ७-१०, २०-२२३ हुँदै नेपाल पुनरागमन गर्दै २३-२३ मा पुर्यायो। त्यसपछि एक अंक जोड्दै नेपाल सेट पोइन्टमा पुग्यो। त्यसपछि प्रगति नाथले एक अंक दिलाउँदै नेपाललाई पहिलो सेटमा जित दिलाए।
तर, दोस्रो सेटमा भने नेपाल सुरुआतदेखि नै दबाब परेको थियो। नेपालले एक समय ५-१० को स्थितिमा थियो। तर, नेपालले थप ६ अंक जोड्दा भारतले १४ अंक आफ्नो पक्षमा पार्दै सेट पोइन्टमा पुगेको थियो। यद्यपि, भारतलाई २४ अंकमा रोक्दै नेपालले लगातार चार अंक जोड्यो। यद्यपि, १० अंकमा पछि परिसकेको अवस्थामा नेपालले पुनरागमन गर्न सकेन र सेट १४-२५ ले गुमायो।