शुक्रबार, कार्तिक १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

शिवराज र निशालाई स्वर्ण

सोमबार, असार ४, २०८१खेलपाटी संवाददाता
शिवराज र निशालाई स्वर्ण
Classic Tech Internet Ad

काठमाडौं। एपीएफका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको १ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन्। शिवराज पुरुष र निशा महिलामा पहिलो भएका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शिवले निर्धारित दूरी ११.० सेकेन्डमा तय गरे। नेपाल आर्मीका उपेन्द्र सुनार दोस्रो तथा नेपाल प्रहरीका अरुण महतो तेस्रो भए। निशाले निर्धारित दूरी तय गर्न १२.५ सेकेन्ड समय खर्चिन्। आर्मीका जयरानी थारु दोस्रो तथा सरस्वती चौधरी तेस्रो भए।

एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगिताअन्तर्गत हाइजम्पको पुरुषमा आर्मीका सूर्यबहादुर खत्री    (१.७० मिटर) र महिलामा बिन्दु थनेत (१.३८ मिटर), १० हजार मिटर दौडको पुरुषमा आर्मीका सञ्जय श्रेष्ठ (३२ मिनेट ०९.१ सेकेन्ड) र महिलामा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (४० मिनेट ४३.१ सेकेन्ड) तथा १ हजार ५ सय मिटर दौडको पुरुषमा प्रहरीका नागेश्वर ऐर (४ मिनेट १०.१ सेकेन्ड) र महिलामा प्रहरीकी सुमित्रा चौधरी (५ मिनेट ०१.९० सेकेन्ड) पहिलो भए।

त्रिपलजम्पको पुरुषमा आर्मीका डिल्ली खत्री (१३.८५ मिटर) र महिलामा प्रहरीकी सीमाकुमारी चौधरी (११.०० मिटर), ४ सय मिटर दौडको पुरुषमा आर्मीका प्रकाश दनुवार (४९.६१ सेकेन्ड) र महिलामा आर्मीकी सरस्वती थारु (६०.८१) सेकेन्ड, १ सय १० मिटर बाधा दौडको पुरुषमा आर्मीका जीवन थारु (१५.६३ सेकेन्ड), १ सय मिटर बाधा दौडको महिलामा आर्मीकी जयरानी थारु (१५.१६ सेकेन्ड) तथा डिस्कस थ्रोको पुरुषमा आर्मीका विनोद राई (३८.६७ मिटर) र महिलामा आर्मीकै अमृता महतो (३४.४६ सेकेन्ड) शीर्ष स्थानमा रहे।

भेट्रान पुरुषको ५ हजार मिटर दौडमा रेवनबहादुर दाहाल तथा महिलाको ३ हजार मिटर दौडमा काठमाडौंकी शर्मिला बस्नेत पहिलो बने।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे। ५२ स्पर्धा समावेश प्रतियोगितामा ५ सय ७५ खेलाडीको सहभागिता रहेको आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन्। अध्यक्ष खत्रीका अनुसार नेपाली एथलेटिक्सको इतिहासमा सबैभन्दा बढी स्पर्धा समावेश गरिएको यो पहिलो प्रतियोगिता हो। मंगलबार सम्पन्न हुने प्रतियोगितामा भेट्रानबाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नाइट रन स्थगित

नाइट रन स्थगित

हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने

हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

Bajaj Pulsar Motorcycle Ad
भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

अपराजित रहँदै नेपालले जित्यो उपाधि

अपराजित रहँदै नेपालले जित्यो उपाधि

नेपालको पोस्टमा एक दर्जन गोल

नेपालको पोस्टमा एक दर्जन गोल

सामोआलाई नेपालको विशाल लक्ष्य

सामोआलाई नेपालको विशाल लक्ष्य

एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने

एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड