दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित
बुधबार, ११ चैत्र २०८२खेलपाटी संवाददाता
-1774437287189.jpg&w=3840&q=75)
काठमाडौं। दिनेश अधिकारीको घातक बलिङसँगै कर्णाली प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित निकालेको छ।
बुधबार सम्पन्न खेलमा कर्णालीले कोशी प्रदेशलाई १६ रनले पराजित गरेको होर कर्णालीले दिएको १५२ रनको लक्ष्य पछ्याएको कोशीले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो।
जितसँगै कर्णालीले ३ खेलबाट ३ अंक पुर्याएको छ। कर्णाली तेस्रो स्थानमा छ। कोशीको भने यो लगातार दोस्रो हार हो। कोशी एक अंकसहित आठौं स्थानमा छ।
कोशीका दीपेश कँडेलले सर्वाधिक २६ रन बनाए। ६६ बल खेलेका उनले एक चौका प्रहार गरे। ओपनर सुमन श्रेष्ठ २० र शिवास बजगाईं २३ रनमा आउट हुँदा अंकित सुवेदी र शकिव हकले समान १७ रनको योगदान दिए।
कर्णालीका दिनेशले सर्वाधिक ५ विकेट लिए। ८.४ ओभर बलिङ गरेका उनले २७ रन खर्चिए। दिवन पुन र प्रकाश जैशीले समान २ विकेट राखे।











-1774432005447.webp&w=3840&q=75)

