राखेपसँग एन्फाको जिकिर– संघमाथि कारबाही गर्न आवश्यक छैन

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उठाएको कारबाही सम्बन्धी प्रश्नमा आफूले कुनै पनि कानुनी प्रावधान उल्लंघन नगरेको दाबी गरेको छ।
एन्फाले बुधबार राखेपलाई पठाएको स्पष्टीकरणमा संघमाथि कारबाही गर्न आवश्यक नदेखिएको जिकिर गरेको हो. एन्फाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ (ड) र दफा २९ (१) अनुसार आफूले परिषद् र मन्त्रालयका निर्देशन पालना गर्दै आएको उल्लेख गरेको छ।
-1774435079362.jpg)
विभिन्न मितिमा राखेपका पत्रहरूको जवाफ दिइसकेको र पछिल्लो पत्रको पनि लिखित जवाफ पठाइएको एन्फा महासचिव किरण राईको भनाइ छ।
‘हामीले परिषद् र मन्त्रालयका सबै निर्देशनहरू पालना गरेका छौं। ऐन उल्लंघन गरेको भन्ने आरोपमा कुनै सत्यता छैन, त्यसैले कारबाही आवश्यक देखिँदैन,’ उनले पत्रमार्फत भनेका छन्।
एन्फाले आफू अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) सँग आबद्ध स्वायत्त संस्था भएको उल्लेख गर्दै ती निकायका निर्देशन पालना गर्नु आफ्नो दायित्व भएको पनि जनाएको छ। संघका अनुसार तेस्रो पक्षको हस्तक्षेप भए अन्तर्राष्ट्रिय रूपमा नेपाली फुटबल निलम्बनमा पर्न सक्ने चेतावनीसमेत प्राप्त भइसकेको छ।
-1774435087839.jpg)
‘फिफा र एएफसीले तेस्रो पक्षको हस्तक्षेप स्वीकार नगर्ने स्पष्ट पारिसकेका छन्। यदि हस्तक्षेप भयो भने नेपाली फुटबल अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्धमा पर्न सक्छ,’ पत्रमा भनिएको छ। एन्फाले निर्धारित मिति (चैत १३) मा चुनाव नगरे अन्तर्राष्ट्रिय गतिविधि, आर्थिक तथा प्राविधिक सहयोग प्रभावित हुने पनि जनाएको छ। त्यसैले चुनाव स्थगन गर्न नसकिने बाध्यात्मक अवस्था रहेको स्पष्ट पारेको छ।
साथै, एन्फाले राखेपलाई निर्वाचन सम्पन्न गर्न प्रतिनिधि पठाएर सहयोग गर्नसमेत आग्रह गरेको छ।





-1774432005447.webp&w=3840&q=75)




-1774437287189.jpg&w=3840&q=75)


