भोलि रुपन्देहीमा तिलोत्तमा रन
शुक्रबार, १२ मंसिर २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज ।
बुटवल। भोलि शनिबार रुपन्देहीमा तिलोत्तमा रन आयोजना हुने भएको छ ।
युवाको ज्ञान तिलोत्तमाको शान भन्ने नाराका साथ तिलोत्तमा नगरपालिका वडा नम्बर ९ कार्यालयले प्रतियोगिताको आयोजना गरेको हो ।
बिहान ८ बजे सुरु हुने रन योगिकुटी चोकदेखि तिलोत्तमा नगरपालिकाको ९ नम्बर वडासम्म पुग्नेछ ।
महिला र पुरुष स्पर्धालाई समावेश गरिएको प्रतियोगितामा १५ देखि ४० वर्ष, ४१ देखि ६० वर्ष र ६० वर्षमाथि गरी तीन विधामा सहभागीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
हरेक विधाको विजेताले १५ हजार, दोस्रोले ८ र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ६० वर्षमाथि भने विजेताले १३ हजार र दोस्रोले ८ हजार रुपैयाँ प्राप्त गर्ने कार्यक्रमका संयोजक लब्सन गुरुङले जानकारी दिएका छन् ।
#tilotamarun












-1764294451367.webp&w=3840&q=75)
-1764236044054.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)