काठमाडौं। अफगानिस्तान अफ स्पिनर मुजीब उर रहमान औंलाको चोटका कारण ट्वान्टी–२० विश्वकपबाट बाहिरिएका छन्।
२३ वर्षीय मुजिबले प्रतियोगितामा अफगानिस्तानका लागि एउटा मात्र खेल खेलेका थिए। युगान्डाविरुद्धको पहिलो खेल खेलेपछि उनले त्यसपछिका दुई खेल खेलेका थिएनन्।
घाइते मुजिबको स्थानमा ब्याट्सम्यान हजरतुल्लाह जाजईलाई समावेश गरेको छ। अफगानिस्तानले यसअघि नै सुपर आठमा आफ्नो स्थान पक्का गरिसकेको छ। उसले समूह चरणको अन्तिम खेल वेस्ट इन्डिजसँग खेल्नेछन्।