स्यान्टु नगदसहित सम्मानित
शनिबार, जेठ १२, २०८१खेलपाटी संवाददाता

काठमाडौँ। पेरिस ओलम्पिकमा छनोट हुन सफल टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठलाई सम्मान गरिएको छ।
टेबल टेनिस प्रेमी समाजसेवी सुमन खड्गीले शनिबार एक लाख रुपैयाँसहित श्रेष्ठलाई व्यक्तिगत रूपमा सम्मान गरेका हुन्।
दक्षिण एशियाली ओलम्पिक छनोटको पुरुष एकलमा च्याम्पियन हुँदै स्यान्टु यसै वर्ष हुने पेरिस ओलम्पिकमा स्थान बनाएका थिए।
स्यान्टु छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि तेक्वान्दोका दीपक विष्ट र संगिना वैद्यले मात्र यो सफलता हासिल गरेका थिए।







-1753545694.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)





-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)