भारत र श्रीलंका फाइनलमा
बिहिबार, जेठ १०, २०८१खेलपाटी संवाददाता
काठमाडौँ। भारत र श्रीलंका एटीएफ यू–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एशियाली क्षेत्रीय छनोट) को गर्ल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्। पाँच राष्ट्रको सहभागिता रहेको राउन्ड रोविन लिगमा भारत पहिलो र श्रीलंका दोस्रो हुँदै फाइनलमा पुगेका हुन्।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा भारतले मालदिभ्स तथा श्रीलंकाले बंगलादेशलाई समान ३–० को नतिजामा पराजित गरे।
सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा पनि भारत फाइनलमा पुग्न सफल भयो। भारतले श्रीलंकालाई ३–० ले हरायो। फाइनलमा भारतको भेट पाकिस्तानसँग हुनेछ। अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशमाथि ३–० को सहज जित दर्ता ग¥यो। फाइनल शुक्रबार हुनेछ।
ब्वाइज÷गर्ल्स दुवैमा फाइनल पुग्ने चारै टोली काजकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु–१२ टिम प्रतियोगिताका लागि छनोट भएका छन्।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1761130437587.jpg&w=3840&q=75)

