मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

दोस्रो दिन सद्भाव, सिद्धान्त र आइन्स्टिना शीर्ष स्थानमा

बिहिबार, २९ चैत्र २०८०खेलपाटी संवाददाता
दोस्रो दिन सद्भाव, सिद्धान्त र आइन्स्टिना शीर्ष स्थानमा
Loading ad...
mustang rice ad

काठमाडौँ। फाल्डो जुनियर टूर नेपाल च्याम्पियनसिपको दोस्रो दिन सद्भाव आचार्य, सिद्धान्त सापकोटा र आइन्स्टिना टण्डन आ-आफ्नो उमेर समूहमा शीर्ष स्थानमा रहेका छन्।

रोयल नेपाल गल्फ क्लबमा भएको च्याम्पियनसिपअन्तर्गत पुरुष १७ देखि २१ वर्ष उमेर समूहमा राष्ट्रिय टिमका सदस्य सद्भाव आचार्यले ५-ओभर ७३ को स्कोर दर्ज गरे। 

समग्रमा इभन-पार १३६ सहित ३६ होलको समाप्तिमा सद्भावले संसार विकेलाई १७ स्ट्रोकको फराकिलो अन्तरमा पछि पारे। यो स्कोरमा सद्भावले उपाधि जित्दै फाल्डो सिरिज एशिया फाइनलमा‌ छनोट हुने सम्भावनालाई बलियो बनाएका छन्।

पहिलो दिनको तुलनामा सद्भावले आज खेल बिगारे।  पहिलो होलमा नै डबल बोगीको सामना गरे। चौथो होलमा एक सट बचाए भने सातौँ होलको बोगीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। यसपछि १०औँ होलमा बर्डी प्रहार गरे पनि ११औँ, १२औँ, १३औँ र १७औँ होलमा एक-एक सट खेर फाले। ब्याक नाइन सद्भावले ३-ओभर ३७ मा पूरा गरे। 

दोस्रो स्थानमा रहेका संसारले आज ९ ओभर ७७ मा सकाउँदा समग्रमा १७-ओभर १५३को स्कोर दर्ज गरे। उनले फ्रन्ट नाइन ४-ओभर ३८ र ब्याक नाइन ५-ओभर ३९ मा खेल पूरा गरेका हुन्। समग्रमा २३-ओभर १५९ सहित स्वप्निल भट्टराई तेस्रो स्थानमा छन्। उनले आज १३-ओभर ८१ मा खेल सकाए।

च्याम्पियनसिपको पुरुष १२ देखि १६ वर्ष उमेर समूहमा सिद्धान्त सापकोटा समग्रमा २२-ओभर १५९ सहित शीर्षस्थानमा उक्लिएका छन्। उनले दोस्रो दिनको खेल १७-ओभर ८५ मा सकाए। यो स्कोरमा उनले सोहम अग्रवाललाई ६ स्ट्रोकले पछि पारेका छन्। सोहमले आज २०-ओभर ८८ खेल्दा समग्रमा ४१-ओभर १ सय ७७ स्कोर दर्ज गरे। पहिलो दिनका लिडर इदकान्त सिंह साउद समग्रमा ४३-ओभर १७९ सहित तेस्रो स्थानमा झरे। उनले आज २७-ओभर ९५ मा खेल पूरा गरे।

महिलातर्फ आइन्स्टिना टण्डन समग्रमा ३३-ओभर १७५ सहित शीर्षस्थानमा उक्लिएकी छिन्। उनले अवानी राईलाई सात स्ट्रोकले पछि पारिन्। आइन्स्टिनाले आज १४-ओभर ८२ को स्कोर कार्ड तयार पारिन्। समग्रमा ४६-ओभर १८२ सहित अवानी दोस्रो स्थानमा झरिन।‌ उनले आज २६-ओभर ९४ मा खेल सकाइन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा