• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
दोस्रो दिन सद्भाव, सिद्धान्त र आइन्स्टिना शीर्ष स्थानमा
खेलपाटी संवाददाता
बिहीबार, चैत २९, २०८० खेलपाटी संवाददाता
दोस्रो दिन सद्भाव, सिद्धान्त र आइन्स्टिना शीर्ष स्थानमा

काठमाडौँ। फाल्डो जुनियर टूर नेपाल च्याम्पियनसिपको दोस्रो दिन सद्भाव आचार्य, सिद्धान्त सापकोटा र आइन्स्टिना टण्डन आ-आफ्नो उमेर समूहमा शीर्ष स्थानमा रहेका छन्।

रोयल नेपाल गल्फ क्लबमा भएको च्याम्पियनसिपअन्तर्गत पुरुष १७ देखि २१ वर्ष उमेर समूहमा राष्ट्रिय टिमका सदस्य सद्भाव आचार्यले ५-ओभर ७३ को स्कोर दर्ज गरे। 

समग्रमा इभन-पार १३६ सहित ३६ होलको समाप्तिमा सद्भावले संसार विकेलाई १७ स्ट्रोकको फराकिलो अन्तरमा पछि पारे। यो स्कोरमा सद्भावले उपाधि जित्दै फाल्डो सिरिज एशिया फाइनलमा‌ छनोट हुने सम्भावनालाई बलियो बनाएका छन्।

पहिलो दिनको तुलनामा सद्भावले आज खेल बिगारे।  पहिलो होलमा नै डबल बोगीको सामना गरे। चौथो होलमा एक सट बचाए भने सातौँ होलको बोगीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। यसपछि १०औँ होलमा बर्डी प्रहार गरे पनि ११औँ, १२औँ, १३औँ र १७औँ होलमा एक-एक सट खेर फाले। ब्याक नाइन सद्भावले ३-ओभर ३७ मा पूरा गरे। 

दोस्रो स्थानमा रहेका संसारले आज ९ ओभर ७७ मा सकाउँदा समग्रमा १७-ओभर १५३को स्कोर दर्ज गरे। उनले फ्रन्ट नाइन ४-ओभर ३८ र ब्याक नाइन ५-ओभर ३९ मा खेल पूरा गरेका हुन्। समग्रमा २३-ओभर १५९ सहित स्वप्निल भट्टराई तेस्रो स्थानमा छन्। उनले आज १३-ओभर ८१ मा खेल सकाए।

च्याम्पियनसिपको पुरुष १२ देखि १६ वर्ष उमेर समूहमा सिद्धान्त सापकोटा समग्रमा २२-ओभर १५९ सहित शीर्षस्थानमा उक्लिएका छन्। उनले दोस्रो दिनको खेल १७-ओभर ८५ मा सकाए। यो स्कोरमा उनले सोहम अग्रवाललाई ६ स्ट्रोकले पछि पारेका छन्। सोहमले आज २०-ओभर ८८ खेल्दा समग्रमा ४१-ओभर १ सय ७७ स्कोर दर्ज गरे। पहिलो दिनका लिडर इदकान्त सिंह साउद समग्रमा ४३-ओभर १७९ सहित तेस्रो स्थानमा झरे। उनले आज २७-ओभर ९५ मा खेल पूरा गरे।

महिलातर्फ आइन्स्टिना टण्डन समग्रमा ३३-ओभर १७५ सहित शीर्षस्थानमा उक्लिएकी छिन्। उनले अवानी राईलाई सात स्ट्रोकले पछि पारिन्। आइन्स्टिनाले आज १४-ओभर ८२ को स्कोर कार्ड तयार पारिन्। समग्रमा ४६-ओभर १८२ सहित अवानी दोस्रो स्थानमा झरिन।‌ उनले आज २६-ओभर ९४ मा खेल सकाइन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको विजेतालाई  ‘सुनको बल’
बाह्रखरी गल्फको विजेतालाई ‘सुनको बल’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP