ट्रान्स–हिमालय एड्भेन्चर सम्पन्न

पोखरा। मोटरसाइकल टुरिङ र रेसिङ अर्थात् ट्रान्स–हिमालय एड्भेन्चर पोखरा फर्किएर सम्पन्न भएको छ।
गत सोमबार काठमाडौँबाट प्रस्थान गरेका राइडरहरूको टोली पोखरा, बेनी हुँदै मुक्तिनाथ पुगेका थिए। त्यसपछि फेरि बेनी हुँदै पोखरा फर्किएका हुन्।
पोखरामा आयोजना भइरहेको मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ भ्रमण गरी सो राइड समापन गरिएको हो।
योभन्दा पहिले मुक्तिनाथनजिकै ३ हजार ५० मिटर उचाइमा रहेको सेल्फी डाँडामा राइडरहरूकाबीच टाइम ट्रेल च्यालेन्ज ‘मोटोखाना’ बाइक रेस प्रतियोगिता आयोजना गरिएको थियो।
सो प्रतियोगितामा विजयी ऋषभ शर्मा र अनुष्का शर्मालाई एक कार्यक्रमकाबीच पोखरामा पुरस्कृत गरिएको छ।
त्यसैगरी, सबै राइडरहरूलाई प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ। प्रतियोगितामा ऋषभ शर्मा र अनुष्का शर्माका साथै अपूर्व बैकडी, शान्तहरि आचार्य, सरोज महर्जन, सञ्जितराम श्रेष्ठ, रौनक अधिकारी, ईश्वरवल्ल्भ उप्रेती, दीपेन्द्रकुमार खड्का र सुनिल श्रेष्ठ सहभागी थिए।
उनीहरूलाई नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सदस्यद्वय प्रमोद श्रेष्ठ ‘गुफी’ र आशिष रौनियारबाट पुरस्कृत गरिएको थियो।









-1763569877271.jpg&w=3840&q=75)




