• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
गण्डकी सरकारले क्रिकेट रंगशाला निर्माण गर्ने
खेलपाटी संवाददाता
सोमबार, चैत १९, २०८० खेलपाटी संवाददाता
गण्डकी सरकारले क्रिकेट रंगशाला निर्माण गर्ने

पोखरा। गण्डकी प्रदेश सरकारले दुई जिल्लामा प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ।

गण्डकी प्रदेशको मन्त्रीपरिषद्को चैत्र ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले नवलपुरको कावासोती नगरपालिका–२ नवदुर्गा खेल मैदान र तनहुँ शुक्लागण्डकी–८ गाउँफर्कोदय माविको खेल मैदानलाई प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण गर्ने निर्णय गरेको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले जानकारी दिए।

प्रादेशिकस्तरीय क्रिकेट रंगशाला र एक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाउन परिषद्ले जिल्लाका विभिन्न ६ स्थानका सिफारिस गरेको सदस्यसचिव शर्माले बताए। 'हामीले समिति नै गठन गरेर अध्ययन गरेका थियौँ। सोही अध्ययनको आधारमा सरकारले दुई स्थानमा प्रादेशिकस्तरीय रंगशाला निर्माण हुनेगरी मन्त्रीपरिषद्ले निर्णय गरेको छ,' उनले भने।

प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माणका लागि एक रंगशालाबाट अर्को रंगशालाको दुरी कम्तीमा ४० किमीभित्र हुनुपर्ने प्रावधान रहेको छ।  नवलपुरको कावासोतीस्थित नवदुर्गा खेल मैदानबाट नेपालकै गौरवको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला ४० किमीभित्र पर्छ। उक्त स्थानमा प्रादेशिक क्रिकेट रंगशाला उपयुक्त हुनेगरी मन्त्रीपरिषद्ले निर्णय गरेको सदस्य सचिव शर्माले बताए। 

'गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पनि नजिकमा पर्ने अर्को रंगशाला आवश्यक पर्छ। सबै कुराले कावासोती उपयुक्त पनि छ,' सदस्यसचिव शर्माले भने।

त्यसैगरी शुक्लागण्डकीको गाउँफर्कोदय माविको खेल मैदानसमेत पोखरा क्रिकेट रंगशालाबाट ४० किमी भित्रै पर्ने भएकोले उक्त स्थानसमेत क्रिकेट मैदान निर्माणका लागि मन्त्रीपरिषद्ले निर्णय गरेको शर्माले जानकारी दिए। प्रदेश सरकारद्वारा विनियोजित ४० लाख रुपैयाँ सोही मैदान निर्माण प्रक्रियाका लागि अघि बढाउने जनाएको छ।

'यी दुवै स्थान प्रादेशिक क्रिकेटका लागि उपयुक्त छन्। कावासोतीका लागि त्यहाँको नगरपालिकाले २ सय रोपनी जग्गाका लागि स्वीकृत दिएको छ भने शुक्लागण्डकीको लागि गाउँफर्कोदय माविको स्वामित्वमा रहेको करिब १७३ रोपनी जग्गाको समेत स्वीकृति प्राप्त भएको छ,' उनले भने।

परिषद्ले कार्यकारी सदस्य ऋषिराम गौतमको संयोजकत्वमा परिषद्का कार्यकारी सदस्य तारामाया थापामगर, सदस्यहरू केशव पाठक र विष्णुमाया गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल र लेखा प्रमुख नीलकण्ठ ढकालसहितको क्रिकेट रंगशाला सम्भाव्यता अध्ययन टोली गठन गरेको थियो। 

टोलीले जिल्लाका विभिन्न स्थलको अध्ययन अवलोकनसँगै स्थानीय सरोकारवालाहरूसँग छलफल गरेर पोखरा महानगर पालिका– १४ भेडीफर्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र अन्य पाँच स्थानमा प्रादेशिक क्रिकेट रंगशाला निर्माणका लागि सिफारिस गरेको थियो।

तर, पोखरा १४ स्थित भेडीफर्मको जग्गाको विषयमा कुनै निर्णय भएको छैन। त्यसैले सोबारे मन्त्रीपरिषद्ले कुनै निर्णय भने गर्न सकेको छैन। यता परिषद्ले नेपाल सरकारको कृषि मन्त्रालय अन्तर्गत रहेको उक्त जग्गा भेडीफर्मको चरण एरियासमेत भएकोले हस्तान्तरणका लागि लामो प्रक्रिया अपनाउनु पर्ने भएकोले परिषद्ले सोको विकल्पमा नयाँ स्थानको खोजी कार्य तीव्र रूपमा अघि बढाएको अध्ययन टोलीका संयोजक शर्माले बताए।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलबाटै बाहिरियो नेपाल
सेमिफाइनलबाटै बाहिरियो नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
पहिलो हाफमा गोल भएन
पहिलो हाफमा गोल भएन
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP