• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
दीपक र सुष्मालाई एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्ड
खेलपाटी संवाददाता
सोमबार, चैत १२, २०८० खेलपाटी संवाददाता
दीपक र सुष्मालाई एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्ड

काठमाडौँ। एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङले १८औँ एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७९ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड सोमबार जितेका छन्।

दीपकले २०७९ को फागुनमा नेपालमा भएको १६औँ एसियाली क्रस कन्ट्री च्याम्पियनसिपकामा दोहोरो स्वर्ण जितेका थिए। सुष्माले थाइल्यान्डमा सम्पन्न एएसबीसी यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपको ४८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन्। नेपाली बक्सिङको इतिहासमा सुष्माले एसियाली च्याम्पियनसिपमा रजत पदक जितेको यो पहिलो पटक थियो। दुवैले समान १–१ लाख नगद पुरस्कार पाए।

शंखमूलस्थित यल दरबार बैंक्युटमा भएको अवार्डअन्तर्गत पुरुषमा क्रिकेटका रोहितकुमार पौडेल र महिलामा पौडीकी डुवाना लामाले प्रतिभाशाली खेलाडीको अवार्ड हात पारे। दुवैले जनही ५० हजार नगद पुरस्कार प्राप्त गरे। पारा एथलिट अवार्ड भारोत्तोलक दुर्गामान तामाङलाई प्रदान गरियो। उनी १५ हजार नगदसहित पुरस्कृत भए।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजना तथा ललितपुर महानगरपालिकाले सह–आयोजना गरेको अवार्डअन्तर्गत टेबल टेनिसका धर्ममान बज्राचार्यले गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व अवार्ड प्राप्त गरे।

उनलाई ३५ हजार नगद पुरस्कार प्रदान गरियो। खेलाडी डटकमका प्रबन्ध सम्पादक अजय फुयाँलले एनएनआईपीए खेल पत्रकारिता अवार्ड पाए। उनले ३५ हजार नगद पुरस्कार प्राप्त गरे। सातै विधाका अवार्ड विजेतालाई नगदसहित स्पोर्ट्स युनिभर्सको गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गण्डकी प्रदेशमा २०७९ साल असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौँ राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिएको थियो। प्रत्येक खेलबाट १–१ का दरले ३६ खेलाडी पुरस्कृत भए।

पुरस्कृत हुनेमा आर्चरीकी प्रशदा आचार्य, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुषा मल्ल, बक्सिङकी सुष्मा तामाङ, शारीरिक सुगठनका अशिमबाबु गुरुङ, बुद्धिचालका रुपेश जयसवाल, क्रिकेटका रोहितकुमार पौडेल, साइक्लिङ सुरज राना मगर, फेन्सिङकी शिक्षा नापित, फुटबलका किरण चेम्जोङ, फुल कनट्याक्ट करातेका सन्देश मानन्धर, गल्फ सुवास तामाङ, जिम्न्यास्टिकका राजु राई, ह्यान्डबलकी शान्तिकला राई, हक्कीका महेश धानी, आईटीएफ तेक्वान्दोकी रुबिका खड्का, जुडोकी देवकीमाया श्रेष्ठ र कबड्डीकी अनुजा कुलुङ राई रहेका छन्।

त्यस्तै करातेका विजय श्रेष्ठ, खो खोकी सरस्वती कठायत, लन टेनिसकी सलोनी तामाङ, प्याराग्लाइडिङकी रिता श्रेष्ठ थापा, रग्बीका निरोज कार्की, सेपाकताक्रोकी उषा महर्जन, स्क्वासका अमृत थापा मगर, सुटिङका सुजन राना मगर, सफ्ट टेनिसका युकेश योञ्जन, पौडीकी डुवाना लामा, टेबल टेनिसका श्यान्टू श्रेष्ठ, तेक्वान्दोकी काजल श्रेष्ठ, ट्रायथलनकी श्रेबी महर्जन, भलिबलका रविन चन्द, भारोत्तोलनकी जुनुमाया छन्त्याल, उसुका समन घुस्री र कुस्तीका सुरेश चुनारा पुरस्कृत भए।

पुरस्कृत सबैले जनही १० हजार नगद पुरस्कार पाए। यिनै ३६ उत्कृष्ट खेलाडी मध्येबाट सर्वोत्कृष्ट र प्रतिभाशाली पुरुष/महिला खेलाडी छनोट गरिएको हो।

अवार्डको १९औँ संस्करण तार्केश्वर र २०औँ संस्करण बनेपा नगरपालिकामा हुने भएको छ। तार्केश्वर नगरपालिका मेयर हरिकृष्ण महर्जन र बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले उक्त संस्करणका लागि सहआयोजक बन्ने प्रतिबद्धता जनाए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP