मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

हाफ म्याराथनमा दीपक र सन्तोषी पहिलो

शनिबार, १० चैत्र २०८०खेलपाटी संवाददाता
हाफ म्याराथनमा दीपक र सन्तोषी पहिलो
Loading ad...
mustang rice ad

काठमाडौँ। नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनको मुख्य स्पर्धा हाफ म्याराथनमा स्वर्ण जितेका छन्। दीपक पुरुष तथा सन्तोषी महिलामा पहिलो भएका हुन्।

एशियन क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपका दोहोरो स्वर्ण विजेता दीपकले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे। साग स्वर्णधारी (५ हजार मिटर दौड) एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ७ मिनेट ४२ सेकेन्ड समयमा दोस्रो तथा पर्वतका तीर्थ पुन १ घण्टा ७ मिनेट ४३ सेकेन्ड समयमा तेस्रो भए। आर्मीका नरेन्द्र रावल चौथो र आर्मीकै खडकबहादुर खड्का पाँचौँ स्थानमा रहे।

साग स्वर्ण विजेता (१० हजार मिटर दौड) र ढाका म्याराथन (४२.१९५ किलोमिटर) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १ घण्टा २० मिनेट १९ सेकेन्ड समय लगाइन्। १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा नेपाल प्रहरीकी राममाया बूढा दोस्रो तथा १ घण्टा २३ मिनेट ०२ सेकेन्डमा ढाका म्याराथनकी स्वर्ण विजेता एपीएफकी पुष्पा भण्डारी तेस्रो बने। आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले चौथो तथा एपीएफकी फुलमती रानाले पाँचौं स्थानमा दौड टुंगाए। पुरुष/महिला दुवैमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाए।

नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका खेलाडीको वर्चस्व रह्यो। पाँचौँ स्थानसम्म आउने खोलडीलाई निर्धारण गरिएको नगद पुरस्कार आर्मीका खेलाडीले हात पारे। मुकेशबहादुर पालले ३१ मिनेट १८.५७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए। सञ्जय श्रेष्ठ (३१ मिनेट २४.१४ सेकेन्ड) दोस्रो तथा राजेन्द्र राई (३१ मिनेट ३४.३८ सेकेन्ड) तेस्रो भए। सुवास कार्की चौथो तथा श्रीकाश राई पाँचौँ भए। पहिलोदेखि पाँचौँ हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे।

महिला खुला ५ किलोमिटर दूरी २१ मिनेट ३० सेकेन्डमा पूरा गरेकी आर्मीकी सृजना पाण्डे पहिलो भइन्। प्रहरीकी राजपुरा पछाईं (२१ मिनेट ३८ सेकेन्ड) दोस्रो तथा आर्मीकी निर्मला केसी (२२ मिनेट ३० सेकेन्ड) तेस्रो बने। एपीएफकी आशा रावत चौथो तथा प्रहरीकी सुमित्राकुमारी चौधरी पाँचौँ भए।

विद्यालयतर्फ कक्षा १२ सम्मको पुरुष ५ किलोमिटरमा विश्वराम कुँवर पहिलो, बादल कार्की दोस्रो, विकेश घिमिरे तेस्रो, कृष्ण परियार चौथो र आशेषकुमार क्षेत्री पाँचौं भए। विद्यालयतर्फ नै कक्षा १२ सम्मको महिला ३  किलोमिटरमा कल्पना बुढा, अस्मिता भुजेल, अमिशा राई, आयुष्मा आचार्य र सम्झना राई क्रमशः शीर्ष पाँच स्थानमा रहे।

ह्विलचियरको पुरुष ३ किलोमिटरमा रामकाजी मिजार प्रथम, रमेश खत्री द्वितीय, प्रेमबहादुर विक तृतीय, दीपक आले मगर चौथो र विष्णुपुकार श्रेष्ठ पाँचौं बने। सोही स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमालले स्वर्ण, यामी झाँक्री मगरले रजत र रजनी राईले कांस्य जित्दा पेमा छोक्पा गुरुङ चौथो र बविता थापा पाँचौं स्थानमा रहे।

महिला खुला ५ किलोमिटर, विद्यालयतर्फ पुरुष ५ किलोमिटर र पुरुष÷महिला ह्विलचियरका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रोले १५ हजार नगद पुरस्कार जिते। चौथोले १० हजार र पाँचौँले ५ हजार नगद पुरस्कार हासिल गरे। विद्यालयतर्फ महिला ३ किलोमिटरमा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार हात पारे।

विजेतालाई कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष राफेल लागुइन, आयोजक संघका अध्यक्ष डा. रामकृष्ण खतिवडा, राइट टु प्रोटिनका संयोजक डा. सितलकाजी श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। समापनका अवसरमा विश्व भेटेरिनरी संघका अध्यक्ष राफलले नेपाल भेटेरिनरी संघलाई वर्ष २०२३ को अवार्डसहित ५ हजार अमेरिकी डलर पुरस्कार प्रदान गरेका थिए। त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मासात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनका लागि जनचेतना फैलाउने उद्देश्यसाथ आयोजित प्रोटिन रनको तेस्रो संस्करणमा ७ हजार बढी प्रतिस्पर्धीको सहभागिता रहेको आयोजकले जनाएको छ। ८ विधामा भएको दौडको कुल पुरस्कार राशि करबाहेक ११ लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी