हेल्प नेपाल क्वार्टरफाइनलमा
मंगलबार, चैत ६, २०८०खेलपाटी संवाददाता

काठमाडौँ । हेल्प नेपाल आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वार्टरफाइनल पुगेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपमा मंगलबार सम्पन्न खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल क्वार्टरफाइनलमा पुगेको हो।
पहिलो सेट २५–१८ ले जितेको हेल्प नेपालले दोस्रोमा २५–१५ र तेस्रोमा २५–१४ ले जितेको थियो।
जितसँगै हेल्प नेपाल समूह ‘ए’ को विजेता बनेको छ। कोशी प्रदेश भने समूह उपविजेता बनेको छ।















